Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिविद्यालय तहको शिक्षा नि:शुल्क गर्न सरकारलाई नेपाली कांग्रेसकाे ध्यानाकर्षण

    विद्यालय तहको शिक्षा नि:शुल्क गर्न सरकारलाई नेपाली कांग्रेसकाे ध्यानाकर्षण


    ललितपुर/ १७ भदौ, विद्यालय तहको शिक्षा नि:शुल्क गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय नेपाली कांग्रेसकाे केन्द्रीय समितिले पारित गरेको छ। पार्टीको २०८१ भाद्र १६ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि उचित कदम चाल्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराएकाे हाे ।

    “यस वर्ष प्रकाशित एसइई र कक्षा १२ को परिक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तिर्ण भएको परिस्थितिलाई नेपाली कांग्रेसले गम्भीर चिन्ताको रूपमा लिएको छ । राष्ट्रको सर्वाङ्गीण विकासका लागि किशोर किशोरीको शिक्षा र रोजगारीमा विशेष ध्यान दिनु पर्ने कुरामा हाम्रो अटुट विश्वास छ। बिग्रदो शैक्षिक अवस्थालाई सुधार गरी स्वदेशमै सर्वसुलभ र गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसर निर्माण गर्न नेपाली कांग्रेसले विषय विज्ञ एवं सरोकारवालाहरुको परामर्शबाट गरी विद्यालयदेखि विश्वविद्यालयसम्मको समयसापेक्ष ‘शिक्षा नीति’ निर्माण गर्नेछ । विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि उचित कदम चाल्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।” पार्टीको केन्द्रीय समितिकाे निर्णयमा भनिएकाे छ।

    कक्षा १२ सम्मको पढाई देशमा नि:शुल्क हुनु पर्दछ भनेर अभियान चलाउदै आउनुभएका पूर्वमन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम्  सिन्धुपाल्चोकका सांसद माेहनबहादुर बस्नेतले पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै याे प्रस्ताव गर्नुभएको थियाे ।

    बस्नेतले जिल्लाका एस.एल.सी परीक्षामा सहभागी हुने सम्पुर्ण विद्यार्थीहरु र छिमेकी जिल्लाका गरिब र जेहेन्दार विद्यार्थीहरुलाई सबै विषयहरुमा २०४१ साल देखि ३२ वर्ष सम्म नि:शुल्क ‘कोचिङ्ग’ कक्षा सञ्चालन गरि पढाउने कार्य गर्नुभएको थियो। उहाँले नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेर शिक्षा, स्वास्थ्य, सामाजिक अभियान र विकास निर्माणका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT