Techie IT
  • The Film Nepal
  • २०८३ असार ८ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदउरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा

    उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा


    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।

    अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न खेलमा केप भर्डेले बलियो टोली उरुग्वेलाई रोक्न सफल भयो। यसअघि पनि केप भर्डेले स्पेनसँग बराबरी खेलेको थियो।

    खेलको २१औं मिनेटमा केभिन पिनाले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए।

    पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गरेपछि उरुग्वेले २–१ को अग्रता बनाएको थियो।

    तर दोस्रो हाफको ६१औं मिनेटमा हेलियो भारेलाले गोल गर्दै केप भर्डेलाई पुनः खेलमा फर्काए र अन्ततः खेल २–२ को बराबरीमा सकियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेदरल्यान्ड्सको शानदार प्रदर्शन, स्विडेनमाथि ५–१ को फराकिलो जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको

    विश्वकप : मोरक्कोको पहिलो जित

    काठमाडौँ। मोरक्कोले विश्वकप २०२६ मा पहिलो जित दर्ता गराएको छ ।समूह ‘सी’को दोस्रो चरणमा आज विहान भएको खेलमा स्कटल्याण्डलाई उसले

    स्विट्जरल्याण्डको शानदार जित, बोस्निया हर्जगोभिनामाथि ४–२ को विजय

    काठमाडौँ । विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा स्विट्जरल्याण्डले बोस्निया हर्जगोभिनालाई ४–२ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ। पहिलो

    विश्वकप: सेनेगलविरुद्ध फ्रान्स विजयी

    काठमाडौँ । सेनेगलविरुद्धको खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै ३–१ गोलको जित निकालेको छ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो

    विश्वकपमा अस्ट्रिया र जोर्डन भिड्दै : दोस्रो चरणको आशा बलियो…

    काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत समूह जे को खेलमा आज बिहान अस्ट्रिया र जोर्डन आमनेसामने हुँदैछन्। अमेरिकाको क्यालिफोर्नियास्थित लेभिस रंगशालामा

    स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया

    काठमाडौँ । विश्वकप उपाधिको बलियो दाबेदार तथा युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै केप भेर्डेले आफ्नो फुटबल इतिहासकै सबैभन्दा स्मरणीय

    Techie IT