दक्षिण जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
टाकियो, एएफपी । जापानको दक्षिणी क्षेत्रमा ६।९ र ७।१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।
जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।
“सुनामीको छाल पटक पटक आउनसक्छ, त्यसैले कृपया अर्को जोखिम टरेको अर्को सूचना जारी नहुँदासम्म समूद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन आवश्यक हुनेछ,” जापानको मौसम विज्ञान निकायले सामाजिक सञ्जाल एक्समा जारी संक्षिप्त निर्देशनमा भनिएको छ ।
भूकम्पपछि सावधानीका लागि प्रधानमन्त्री फुमियो किसिदाले पनि भूकम्पसम्बन्धी केही निर्देशन जारी गरेका छन् ।
सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन सर्वसाधारणलाई उद्धार गर्नेजस्ता कदम चाल्न र जतिसक्दो चाँडो क्षतिको बारेमा स्थितिको आँकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिएका छन् ।
उनले स्थानीय तहसँग घनिष्ट समन्वय कायम गर्न र जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी तथा अन्य उद्धारमा खटिने सङ्घसंस्थालाई निर्देशन दिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस