Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनसामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन

    सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन


    काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ।

    नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग तथा स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार असार ११ गते नमोबुद्ध नगरपालिका–४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक मञ्चन गरिएको हो।

    नाटकमा नेपाली समाजमा अझै चुनौतीका रूपमा रहेका बालविवाह, लागूपदार्थ दुव्र्यसन, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिलाई मुख्य विषयवस्तु बनाइएको थियो। सूचना, मनोरञ्जन र चेतनालाई एकसाथ प्रस्तुत गरिएको नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    नाटक अवलोकनपछि प्रतिक्रिया दिँदै जनक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिहर अधिकारीले ‘सहीछाप’ अत्यन्त समयसापेक्ष र जनचेतनामूलक रहेको बताए।

    उनले भने, “नाटक ‘सहीछाप’ एकदमै जनचेतनामूलक र समयसान्दर्भिक छ। अहिले हाम्रो समाजमा व्याप्त बालविवाह तथा अन्य सामाजिक समस्यालाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ। यो नाटक अभिभावक, विद्यार्थी र शिक्षक सबैले हेर्नुपर्ने खालको बनेको छ।”

    नाटकको उद्देश्यबारे प्रकाश पार्दै नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले अझै पनि नगर क्षेत्रमा बालविवाहको समस्या विद्यमान रहेको बताइन्।

    उनले भनिन्, “अभिभावकहरूको अवस्था नाटकमा देखाइएजस्तै छ। पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसबाट निम्तिन सक्ने जोखिमबारे जनचेतना फैलाउन आवश्यक भएकाले हामीले यो नाटक प्रदर्शन गरेका हौँ।”

    ‘आदिइत्यादि’ को प्रस्तुति रहेको नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन्। नाटकमा वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, ‘खुपीका बाउ’ का रूपमा परिचित कमलमणि नेपाल, ‘गौरी’ का रूपमा चर्चित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रूपेश मण्डल र अञ्जु खड्का लगायतका कलाकारहरूको अभिनय रहेको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन्

    Techie IT