आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने, समयमै परीक्षण गराउने र उपचारमा पहुँच बढाउने उद्देश्यले यो दिवस मनाइन्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट संक्रमित १० जनामध्ये ९ जनालाई आफू संक्रमित भएको जानकारी नै हुँदैन। एचआईभी/एड्स, मलेरिया र क्षयरोगजस्तै हेपाटाइटिस पनि ज्यानै लिन सक्ने गम्भीर रोग हो। नेपालमा बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जन्डिस’ भनेर पनि चिनिने गरिन्छ, यद्यपि सबै जन्डिस हेपाटाइटिसका कारण हुने भने होइन।
डब्ल्यूएचओका अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष विश्वभर करिब १३ लाख मानिसको मृत्यु हुने गरेको छ। साथै, विश्वभर करिब ३२ करोड ५० लाख मानिस यी दुई प्रकारका हेपाटाइटिसबाट प्रभावित छन्।
यस वर्षको विश्व हेपाटाइटिस दिवसले हेपाटाइटिस उन्मूलन, कलेजोको क्यान्सरको रोकथाम, रोगसँग जोडिएको सामाजिक कलंक अन्त्य तथा परीक्षण र उपचारमा सबैको सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ। स्वास्थ्य विज्ञहरूले समयमै परीक्षण, सुरक्षित जीवनशैली, आवश्यक खोप तथा उपचारमार्फत हेपाटाइटिस नियन्त्रण गर्न सकिने भएकाले जनचेतना अभिवृद्धि गर्न आग्रह गरेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
- ७ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा

तपाईको प्रतिक्रिया दिनुहोस