आइसीसी टी-२० अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित
काठमाडौं।आइसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अघिको अभ्यास खेलमा नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ।लगातार दोस्रो वार्म अप खेलमा जित निकाल्ने क्रममा नेपालले कतारलाई १६ रनले हरायो। सोमबार बेलुका सम्पन्न खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनायो। कतारका लागि मुहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए। नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए। उनीबाहेक कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए। कतारका मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट लिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस