काठमाडौँ। मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर हुँदा धेरै स्थानमा मौसम सफा हुनेछ ।वर्षा हुने स्थानमा हल्का वर्षा मात्रै हुनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।देशका पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने बिभागलेबताएको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ । बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले बताएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस