गोरखा मिडिया नेटवर्कलाई काठमाडौं महानगरको १५ दिने अन्तिम चेतावनी
काठमाडौँ । गोरखा मिडिया नेटवर्क प्रालिका नाममा काठमाडौं महानगरपालिकाले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईविरुद्ध दायर गरेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा न्यायिक समितिले यसअघि नै घरजग्गा खाली गराउने फैसला गरेको थियो ।
महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते बहाल रकम तथा बहाल कर प्रतिवादीबाट असुल गरी घरजग्गा खाली गराउने निर्णय सुनाएको थियो । उक्त निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो ।
अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाएको छ ।
निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि ग्यालेक्सी फोरके टेलिभिजन कार्यालयमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै घरधनी मृगेन्द्र मिश्रले गत वैशाख २१ गते महानगरपालिकामा निवेदन दिएका थिए ।
त्यसपछि महानगरपालिकाले १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम तिरी ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सरसामान लैजान आग्रह गर्दै अन्तिम सूचना जारी गरेको हो ।
महानगरपालिकाले तोकिएको अवधिभित्र सामान नलगिए काठमाडौं महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन, २०७५ को दफा ७० बमोजिम सरसामान लिलाम गरिने चेतावनी समेत दिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस