Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १५ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारपूर्वस्वास्थ्यमन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा सुभारम्भ

    पूर्वस्वास्थ्यमन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा सुभारम्भ


    सिन्धुपाल्चोक/६ असोज, पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहनबहादुर बस्नेतले चौतारा अस्पतालमा हेमोडायलाइसिस सेवाको शुभारम्भ गर्नुभएकाे छ । चौतारा अस्पतालमा आइतबार आयोजना गरिएको विशेष कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री बस्नेतले पाँच शैयाका डायलाइसिस सेवाको शुभारम्भ गर्नुभएकाे हाे । डायलाइसिस सेवा सञ्चालनमा आएपछि चौतारा आसपास र सिन्धुपाल्चोक जिल्लाका मिर्गौला फेल भएका विरामीले डायलाइसिस लागि काठमाडौं जानै पर्ने र पालो कुर्नु पर्ने बाध्यता हट्ने भएको छ । मन्त्री बस्नेतले सेवाको शुभारम्भ गरेपछि आजै देखि मिर्गौला फेल भएका विरामीको डायलाईसिस गर्न सुरु भएको छ । स्थानीय शर्मिला तामाङले पहिलो विरामीको रुपमा भर्ना भएर डायलाईसिस सेवा लिनुभएकाे छ । पाँच वटा मेसिनबाट दैनिक १० जना विरामीको डायलाईसिस गर्न सकिने अस्पतालले जनाएको छ । कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री बस्नेतले सिन्धुपाल्चोकका थुप्रै मिर्गौला फेल भएका विरामीले डायलाईसिसकै लागि काठमाडौं जानुपर्ने र त्यहाँका अस्पतालहरुमा पनि पालो कुर्नु पर्ने बाध्यता रहेको स्मरण गर्दै आफु स्वास्थ्य मन्त्री हुँदा चौतारा अस्पतालमै यो सेवा उपलब्ध गराउन ५ वटा डायलाइसिस मेसिन अस्पताललाई प्रदान गर्ने निर्णय गरेको बताउनुभयाे। मिर्गौला फेल भएका विरामीको लागि डायलाईसिस भन्दा मिर्गौला प्रत्यारोपण गर्नु रहेको बताउदै पुर्व मन्त्री बस्नेतले त्यसको विकल्पका रुपमा मात्र डायलाईसिस रहेकोमा जोड दिनुभयाे। बस्नेतले भन्नुभयाे, ‘मिर्गौला फेल भएका विरामीका लागि उत्तम उपाय भनेकै प्रत्यारोपण हो । डायलाईसिस विकल्प मात्र हो । त्यसैले प्रत्यारोपण मै जोड दिनु पर्छ । डायलाईसिसले विरामीलाई राहत प्रदान गरेको छ । ’ बस्नेतले अस्पतालको भौतिक संरचना, जनशक्ति र उपकरणका लागि पनि आफुले बारम्बार सहयोग गर्दै आइरहेको र भविश्यमा पनि जारी राख्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे, सो अवसरमा बस्नेतले अस्पताललाई ईसिजी मेसिन लगायतका अस्पताललाई आवश्यक पर्ने उपकरण सहयोग स्वरुप हस्तान्तरण गर्नुभएकाे थियो । कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्छ भन्दै आफुले अभियान चलाउदै आएको दावी गर्दै बस्नेतले आफुले नेपाली कांग्रेस पार्टीको केन्द्रीय कमिटिमा यसलाई प्रवेश गराएर निर्णय गराएको बताउनुभयाे।
    कार्यक्रममा वाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङले पूर्वस्वास्थ्य मन्त्री बस्नेतले देशको स्वास्थ्य अवस्था सुधार्न थुप्रै दूरगामी निर्णय गरेको दावी गर्दै सिन्धुपाल्चोकको स्वास्थ्य क्षेत्रमा बस्नेतले गरेको योगदान अरु कसैले गर्न नसकेको दावी गर्नुभयाे। प्रमुख जिल्ला अधिकारी किरण थापाले डायलाईसिस सेवा सुरु हुनु खुशीको कुरा रहेको बताउँदै जनशक्ति अभावमा भोलीकमा दिनमा सेवा बन्द हुनु पर्ने अवस्था आउन नहुनेतर्फ सचेत गराउनुभयाे । जिल्ला समन्वय समितिका सभापति बालकृष्ण श्रेष्ठले सबैको सहकार्यमा अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्नेमा जोड दिनुभयाे । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले पूर्वमन्त्री बस्नेत पदमा भएको बेला होस नभएको बेला सधै जिल्लाको विकासका लागि सधै नथाक्ने नेता भएको दावी गर्दै चौतारा अस्पतालमा डायलाईसिस सेवा सञ्चालनमा पनि उहाँको ठूलो भूमिका रहेको बताउनुभयाे। चौतारा सागाचोक गढी नगरपालिकाका मेयर कृष्ण सापकोटा र उपप्रमुख सीता थापाले विकास निर्माणका काममा सबै राजनीतिक दलका नेताबीच हातेमालो गर्नु आवश्यक रहेकोमा जोड दिनुभयाे । चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले ५० शैयाबाट अस्पतालले सेवा दिइरहेको जानकारी दिदै आजबाट सञ्चालनमा आएको डायलाईसिस सेवाका लागि एक जना तालिम प्राप्त चिकित्सक र ३ जना स्टाप नर्स खटाइएको जानकारी दिनुभयाे । कार्यक्रममा अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गरेका कर्मचारीद्वय डा. रोसन चौधरी र जीतबहादुर तामाङलाई सम्मान गरिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको…

    काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । सरकारले पर्वको

    Techie IT