Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिपुराना दललाई फसाउन आयोग गठन गरिएको ओलीको आरोप

    पुराना दललाई फसाउन आयोग गठन गरिएको ओलीको आरोप


    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।

    दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरे पनि आफूले त्यसलाई योजनाबद्ध रूपमा गरिएको षड्यन्त्रपूर्ण घटना ठान्ने बताए।

    उनले घटनाको नाममा युवाहरूको हत्या भएको उल्लेख गर्दै त्यसलाई क्रान्तिको संज्ञा दिन नमिल्ने धारणा राखे। साथै, घटनाका जिम्मेवार पक्षहरूले आफ्नो भूमिका लुकाएर अरूमाथि आरोप लगाउने प्रयास गरेको आरोप समेत लगाए।

    ओलीले  राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा पनि उक्त घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे। उनका अनुसार आयोगको प्रतिवेदनले घटनालाई योजनाबद्ध रूपमा सञ्चालन गरिएको निष्कर्ष निकालेको छ।

    उनले त्यसबेला एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक तथा जनमतका आधारमा बलियो अवस्थामा रहेको बताए। जनताबाट निर्वाचित बहुमतको सरकारलाई संवैधानिक, कानुनी तथा संसदीय प्रक्रियामार्फत हटाउने विभिन्न प्रयास असफल भएपछि वैधानिक तथा आपराधिक माध्यम प्रयोग गरेर सरकार विस्थापित गर्ने षड्यन्त्र भएको उनको भनाइ थियो।

    ओलीले जनमतबाट स्थापित सरकारलाई असंवैधानिक तरिकाले कमजोर पार्ने प्रयास भएको आरोप लगाउँदै त्यसबेलाका घटनाबारे सत्य तथ्य सार्वजनिक हुनुपर्ने धारणा व्यक्त गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT