कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको बताए ।
लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू कमजोर बन्दै गएको उल्लेख गर्दै उनले साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिको दबाब र हस्तक्षेप बढिरहेको दाबी गरे ।
उनले विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा निर्माण आवश्यक रहेको बताए ।
प्रचण्डले आफूहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धा रहेको स्मरण गर्दै वर्तमान परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए ।
कम्युनिस्ट आन्दोलन कुनै समय उर्वर रूपमा अगाडि बढे पनि अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो संकटमा पर्नुको कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो । इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले कम्युनिस्ट शक्तिहरूलाई आफ्ना कमजोरी पहिचान गर्ने ठाउँमा ल्याइपुर्याएको उनले बताए ।
गत भदौ २३ र २४ गतेको विध्वंसात्मक घटनाले प्रतिक्रान्तिको भयावह अवस्था देखाएको उल्लेख गर्दै प्रचण्डले त्यसबाट समेत पाठ सिकेर कम्युनिस्टहरूले विगतका गम्भीर त्रुटिको समीक्षा गर्नुपर्ने बताए ।
नेपाली जनताले कम्युनिस्ट पार्टीलाई पटक–पटक विश्वास गर्दै ठूलो त्याग र बलिदानमा साथ दिएको तथा निर्वाचनमा समेत अत्यधिक मत दिएको स्मरण गर्दै उनले त्यति ठूलो जनसमर्थनका बाबजुद कम्युनिस्ट आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको बताए ।
प्रचण्डले कम्युनिस्ट नेता तथा कार्यकर्ताले विगतका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्दै मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । त्यसो गर्न नसके कम्युनिस्ट शक्तिहरूबीच एकता हासिल गर्न र भएको एकतालाई दिगो बनाउन कठिन हुने उनको भनाइ थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नेपालमै बनेको विद्युतीय स्कुटर प्रवद्र्धनमा सरकारको साथ रहने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता
- ३ नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता
- ४ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ५ देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्यता छैन, अदालतको निर्णय मान्छु
- ६ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ७ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

तपाईको प्रतिक्रिया दिनुहोस