Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिसरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक

    सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक


    काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त गरेका राजनीतिक दलका घोषणापत्र, वाचापत्र र विभिन्न प्रतिबद्धताहरूलाई समेटेर उक्त मस्यौदा तयार गरिएको हो । सरकारको लक्ष्य विभिन्न दलका एजेण्डालाई एकीकृत गर्दै साझा राष्ट्रिय मार्गचित्र बनाउने रहेको जनाएको छ ।

    मस्यौदामा आगामी पाँच वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। यसका लागि औसत सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने र कुल गार्हस्थ्य उत्पादनलाई करिब एक सय अर्ब डलरनजिक लैजाने योजना अघि सारिएको छ। कर प्रणाली सुधार गर्दै १० वर्षसम्म करदर स्थिर राख्ने र डिजिटल अर्थतन्त्रलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।

    यसैगरी रोजगारी सिर्जना र समृद्धि, शिक्षा तथा स्वास्थ्य, वन–वातावरण र जलवायु परिवर्तन, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाह, तथा डिजिटल सुशासन र प्रविधि क्षेत्र पनि समावेश छन् ।

    सरकारले सामाजिक न्याय र समावेशीकरण, अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सीप र पूँजीको उपयोग अनि खेलकुद, विपत् व्यवस्थापन, सहकारी र लघुवित्त क्षेत्रलाई पनि अवधारणापत्रमा समावेश गरी राजनीतिक दलहरूसँग सुझाव मागेको हो ।

    सरकारले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ६ राष्ट्रिय दलका घोषणापत्रहरूबाट कार्यान्वयनयोग्य बुँदाहरू छनोट गरी उक्त प्रतिबद्धतापत्र तयार गरेको जनाएको छ । संविधानको मर्म, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र जनादेशको संस्थागत कार्यान्वयनलाई आधार मानेर साझा दस्तावेज तयार पारिएको सरकारको भनाइ छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ । विक्रम संवतको पात्रोअनुसार आजदेखि २०८३ नयाँ वर्ष शुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई

    उपसभामुखले गरिन पदभार ग्रहण

    काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् ।सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । पदभार

    पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया जारी

    काठमाडौँ।पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ।अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया आज जारी छ।उनको सचिवालयका अनुसार

    मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

    काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले मन्त्रीहरूले सार्वजनिक गरेको व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् ।सरकारले

    गृहमन्त्री गुरूङको सम्पत्ति कति?

    काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नगदसहितको करोडौको सम्पत्ति रहेको खुलेको छ ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै जनाको

    प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का

    Techie IT