प्रधानन्यायाधीश सिफारिस विवाद : नेपाल बारको आज लाल्टिन प्रदर्शन
काठमाडौँ । नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले दर्ता नगरेको विरोधमा नेपाल बारले प्रदर्शन गर्न लागेको हो ।
सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रोकिएका रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनलाई लिखित निर्देशन दिएकी थिइन् । तर, नेपाल बारका अनुसार सर्वोच्च प्रशासनले उक्त आदेश कार्यान्वयन नगरेको जनाएको छ ।
नेपाल बारका पदाधिकारीको सोमबार बसेको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगर्नु अस्वाभाविक र अप्राकृतिक ‘रवैया’ भएको टिप्पणी गरेको छ ।
बारले न्यायिक प्रक्रिया र प्रशासनिक निर्णयप्रति गम्भीर प्रश्न उठेको भन्दै विरोध कार्यक्रममार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्न लागेको जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस