भारतमा दुई महिनामै चिनीको मूल्य ४० प्रतिशत बढ्यो, १० लाख टन भन्सारमुक्त आयातको अनुमति
काठमाडौँ । भारतमा पछिल्लो दुई महिनामा चिनीको मूल्य करिब ४० प्रतिशतले बढेपछि सरकारले १० लाख मेट्रिक टन कच्चा चिनी भन्सार शुल्कबिनै आयात गर्न अनुमति दिएको छ।
आन्तरिक बजारमा बढ्दो मूल्य र घट्दो आपूर्ति नियन्त्रण गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो। भन्सार शुल्कमुक्त आयातको सुविधा आगामी अक्टोबर ३१ सम्म लागू हुनेछ। भारतमा सामान्य अवस्थामा चिनी आयातमा १०० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ।
नजिकिँदो चाडपर्वका कारण चिनीको माग अझ बढ्ने अनुमान गरिएको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले बजारमा आपूर्ति सहज बनाउन ठूलो परिमाणमा चिनी आयातको अनुमति दिएको हो।
समाचार संस्था रोयटर्सका अनुसार भारतले करिब एक दशकपछि पहिलोपटक ठूलो परिमाणमा चिनी आयात गर्न लागेको हो। यस वर्ष चिनीको उत्पादनमा कमी आएपछि आन्तरिक बजारमा आपूर्तिको दबाब बढेको बताइएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस