काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
काठमाडौं/ २५ माघ,उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताउनुभएकाे छ । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ काे वडा भवन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
` संविधान जारी गरेकाे कुरा याे केही हाेइन भनेर भन्छन् । के गर्दा ठुलाे कुरा हुने यहाँ ? काम गर्नुहरूलाई त्यसै हावादनरी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?´ उहाँले भन्नुभयाे,`तपाईहामीले हाेहल्ला गर्ने पछाडीकाे नियत के हाे ? त्याे पनि बुझ्नुपर्याे नि । हाेहल्ला गर्नेकाे पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराकाे छाेडेर आकाे भनेर भन्छन् । छाेडेर आएकाे कि केही काण्ड भएर फर्केर आएकाे हाे ? त्याे पनि बुझ्नुपर्याे नि ।´ उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हाे भन्दै प्रश्न पनि गर्नुभयाे । उहाँले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूकाे ठण्डा दिमागले लेखाजाेखा गर्न पनि आग्रह गर्नुभयाे ।
त्यस्तै उहाँले नागरिककाे सरकार स्थीर हाेस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेकाे र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएकाे पनि प्रष्ट पार्नुभयाे ।
त्यस्तै, फरक सन्दर्भमा उहाँले सार्वजनिक जग्गा जनताकाे लागि हुनुपर्ने र स्थानीयले उपभाेग गर्न पाउनुपर्ने बताउनुभयाे । सरकारले त्यसका लागि काम गरिरहेकाे भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गर्नुभयाे । उहाँले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएकाे बताउनुभयाे । उहाँले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।
वडाकाे प्रशासकीय भवन बनेपछि काठमाडौं २९ काे सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गर्नुभयाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस