Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १५ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिभ्रष्टचारविरुद्धको कारबाही रोकिदैन- प्रधानमन्त्री कार्की

    भ्रष्टचारविरुद्धको कारबाही रोकिदैन- प्रधानमन्त्री कार्की


    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री शुसीला कार्कीलाई जेनजी आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न माग गरेको छ ।

    नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्- ‘हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरुप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन । हामी रोकिँदैनौँ ।’

    भाद्र २३ र २४ गते राज्यको तर्फबाट भएको दमनको सत्यतथ्य छानबिन हुनुपर्ने र छानविन समितिले गरेको सिफारिसको आधारमा दोषीलाई कारबाही गर्न माग गरिएको छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र कम खर्चिलो बनाउन सरकार लागिपरेको र त्यसका लागि राजनीतिक प्रतिबद्धताका साथै नागरिक तहबाट पनि उत्तिकै खबरदारी आवश्यक रहेको उनले बताइन् ।

    अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उनले बताइन् । उनले भनिन्- ‘तपाईँहरुले समाचारमा पढिरहनुभएकै होला। केही ठूला भ्रष्टाचारका विषय  र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरुले कदम चालेका छन् ।’

    प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘यहाँ किसानका नाममा राजनीति भयो । किसानले मल पाउँदैनन् तर किसानको नेता देश–विदेश घुमिरहेको हुन्छ, मन्त्री–सांसद बनिरहेको हुन्छ, कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ । सहुलितको मल, बीउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ, अरु व्यवसाय गर्नेहरूका नाममा राजनीति भयो, आफ्नो पेसा–व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ । भ्रष्टाचारको जड यहाँ छ, यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ ?’

    नेता किरातीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको…

    काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । सरकारले पर्वको

    Techie IT