Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिपोखरेलले भने : महाधिवेशनमा हारे नि पार्टी छोडिन्न

    पोखरेलले भने : महाधिवेशनमा हारे नि पार्टी छोडिन्न


    काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीको महाधिवेशनमा पराजित भए पनि आफूहरू सधैँ एमाले भएर रहिरहने बताएका छन् । पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका पोखरेलले प्रतिष्पर्धामा जानेहरूले पराजयलाई पनि स्वीकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने बताए ।

    बुधबार  आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाटमा पोखरेलले आफूहरूले पराजय भोग्नुपरे पनि माधव नेपाल, भीम रावलहरूको जस्तो नयाँ छुट्टै पार्टी खोलेर नजाने बताए । महाधिवेशनमा आफूहरू विजय हुने विश्वास व्यक्त गर्दै पराजय भए पनि एमाले नै भएर काम गर्ने उनको भनाइ छ ।‘प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने ।

    यो राजनीतिक संस्कारका रहेको कमजोरी हो ,एउटा दृष्टान्त बनेको छ भीम रावलजी र माधव नेपालजीको कुरा । त्यस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन ।’ पोखरेलले भने ।पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT