Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारभोटेकोशी बाढिपहिरोमा तीन लघुवित्तका ६ जना कर्मचारी सम्पर्क विहिन

    भोटेकोशी बाढिपहिरोमा तीन लघुवित्तका ६ जना कर्मचारी सम्पर्क विहिन


    काठमाडौं, ११ भदौं । बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढिपहिरोमा परि तीन लघुवित्त वित्तिय संस्थाका ६ जना कर्मचारीहरु सम्पर्क विहिन भएका छन् ।

    नेपाल लघुवित्त बैंकर एशोसियसनका अध्यक्ष राम बहादुर यादवका अनुसार एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको रसुवा बेत्रावती शाखाका दुई जना, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको रसुवा बेत्रावती शाखाका दुई जना र सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको रसुवा बेत्रावती शाखाका दुई जना कर्मचारी वेपत्ता भएका हुन् ।

    एनएमबी लघुवित्तका कर्मचारी घोडाघाडी नगरपालीका ४ कैलालीकी २५ वर्षीया कर्मचारी पुष्पा शाही ठकुरी, दिवुर नगरपालिका १ नुवाकोट वर्ष ३१ की शारदा पाण्डे सम्पर्क विहिन भएकी छन् । लघुवित्तको शाखा कार्यालय पनि ध्वस्त भएको संस्थाले जनाएको छ । संस्थाका केहि समूहका सदस्यहरूको अवस्था पनि हालसम्म अज्ञात रहेको संस्थाले जनाएको छ ।

    त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रसुवा बेत्रावती शाखामा कार्यरत कर्मचारीहरु सम्झना माझी र सपना तामाङ हालसम्म सम्पर्क बिहिन भएकी छन् । भोटेकोशी बाढी पश्चात सम्पर्क नभएको हुँदा काहीँ कतै फेला पार्नु भएमा जानकारी गराउन हुन संस्थाले अनुरोध समेत गरेको छ । सस्थाको कार्यालय पनि ध्वस्त भएको छ ।

    त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखाका कर्मचारी किरण थापा र राजकुमार दर्जी सम्पर्क विहिन भएका छन् । सस्थाको कार्यालय पनि ध्वस्त भएको संस्थाले जनाएको छ ।

    बैंकर्स संघका अनुसार विभिन्न कर्मचारीहरू तथा सदस्यहरु सुरुवाती चरणमा सम्पर्कविहीन भएका र केही बिस्तारै सम्पर्कमा आउने क्रम जारी पनि जनाएको छ ।

    एशोसियसनका अध्यक्ष यादवले बाढिपहिरोबाट जीउ धनको ठूलो क्षती भएकोमा दुःख व्यक्त गर्दै कर्मचारी तथा ग्राहक सदस्यहरुको खोजिकार्य, उद्धारसहित विवरण खोज्ने कार्यजारी राख्दै तत्काल राहतको कार्यक्रम घोषणा गर्ने बताएका छन् । अध्यक्ष यादवले वित्तिय क्षेत्रको मानवीय तथा पूर्वाधारमा भएको क्षतिको परिमाण अत्यन्त ठूलो छ र क्षतिको यकिन विवरण संकलन गर्न चुनौतीपूर्ण अवस्था रहेको बताएका छन् ।

    विभिन्न माध्यम तथा संयन्त्र परिचालन गरी मानवीय क्षति तथा बेपत्ता व्यक्तिहरूको यकिन विवरण पहिचान गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् । अध्यक्ष यादवले स्वयंसेवक परिचालनका लागि सबै राजनीतिक दल तथा पक्षबाट व्यक्त गरिएको तत्परता प्रशंसनीय रहेको बताएका छन् । उनले आगामी दिनमा हिमताल तथा हिमाली क्षेत्रबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान तथा पूर्वानुमानका लागि विशेष टोली गठन गर्न आवश्यक रहेको समेत बताए । सञ्चार तथा आवागमनको सम्पर्क पुनस्स्थापना गर्न विशेष टोली परिचालन गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT