राष्ट्रिय सभाका अध्यक्षसहित २० जनाकाे पदावधी सकियाे , काे हाेला नयाँ अध्यक्ष ?
राष्ट्रिय सभाका अध्यक्षसहित २० जनाकाे पदावधी आइतबार देखि सकिदै छ । उनीहरुकाे स्थानमा नयाँ सासदहरु निर्वाचित भएका छन् । उनीहरुकाे सपथ साेमबार हुदै छ ।
नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो ।
उनीहरुले अवकाश पाउने भएपछि विहीबारकाे राष्ट्रिय सभा वैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदहरूले आफ्नो अनुभव व्यक्त गर्ने माैका दिइएकाे थियाे ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदाइ हुन लागेका सांसदहरूको अनुभव आउँदा दिनमा पनि उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न समय उपलब्ध गराएका थिए । उनीहरुले सघिय ससदकाे माथिल्लाे सदनलाई सरकारले वेवास्था गरेकाे भनि गुनासाे गरे । सभामा आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यहरूले छ वर्षमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोलेका थिए ।
पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । त्यसबाहेक इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राईको पनि पदावधि सकिएकाे छ । राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिएकाे छ । काग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डेकाे पदावधी सकिएकाे छ ।
माओवादीका तीन जनाको पनि पदावधि सकिएकाे छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिएकाे हाे ।
जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिएकाे हाे ।
त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएकाे हाे ।
राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिएकाे हाे । पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनीत हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन भएकाे थियाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस