नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५१ करोडको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५.८० अंक घटेर बन्द भएको छ । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेर रोकिएको छ ।कारोबार रकम पनि घटेको छ । यसदिन चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार (कात्तिक २३) चार अर्ब ९० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज दारम खोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जीको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४८ करोड ८८ लाख कारोबार भएको छ भने युनियन हाइड्रोको २५ करोड ७८ लाख बराबर कारोबार भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस