जेनजी प्रदर्शन : गोली लागेर मृत्यु हनेको संख्या आठ जना पुग्यो
काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ ।काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर हालसम्म आठ जनाको मृत्यु भएको हो ।
सिभिल अस्पताल र केएमसी अस्पतालमा एक/एक जना तथा त्रिवि शिक्षण अस्तपतालमा एकजनाको मृत्यु भएको छ । उता, ट्रमा सेन्टरमा उपचाररत थप ५ आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ ।
सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।स्थिति तनावग्रस्त भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यु जारी गरेको छ ।
कर्फ्यु जारी भएपछि सेनाको टोली सडकमा आएको छ । तर पनि प्रदर्शनकारी रोकिएका छैनन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस