Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २४ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारविश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण

    विश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण


    चितवन/ २३ जेठ, विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ स्थित परमानन्द स्मृति वैदिक विद्या भवन परिसरमा भव्य सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। पर्यावरण संरक्षण एवम् संवर्द्धन संस्था, भरतपुर–१८, गुञ्जानगर, चितवनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    पर्यावरण संरक्षण एवम् संवर्द्धन संस्थाका अध्यक्ष एवं समाजसेवी दयानिधि अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १८ का जनप्रतिनिधि एवं जिल्ला समन्वय समिति सदस्य, समाजसेवी कृष्णभक्त भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो।

    कार्यक्रममा विशिष्ट अतिथि एवं अतिथिहरूका रूपमा परमानन्द स्मृति वैदिक विद्या भवन सञ्चालक समितिका अध्यक्ष एवं समाजसेवी श्रीलाल अधिकारी, सिर्जनशील नेपाल (भरतपुर–१०) का अध्यक्ष एवं समाजसेवी मुक्तिनाथ ढकाल, भरतपुर–१८ चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी हुमनाथ ढकालको उपस्थिति रहेको थियो।

    त्यस्तै, ‘शिक्षा र सरोकार’ एवं ‘स्मार्ट स्कुल सफ्टवेयर’का सञ्चालक तथा समाजसेवी विश्वराज अर्याल, परमानन्द स्मृति वैदिक विद्या भवनका प्राचार्य ज्ञानप्रसाद भुर्तेल, विश्व हिन्दू परिषद् नेपाल बागमती प्रदेशका सचिव उपेन्द्र अर्याल, समाजसेवी एवं संस्थाका सदस्य शोभाखर भण्डारी, बतावरण संरक्षण एवम् सरसफाईका अभियन्ता, यसै संस्थाका काेषाध्यक्ष हरि प्रसाद घिमिरे, यसै संस्थाका सदस्य बिष्णु प्रसाद पाैडेल,  बृक्षाराेपण कार्यक्रमका संयाेजक, यसै कार्यक्रमका ब्यवस्थापक एवम् समाजसेवी सुदर्शन पण्डित, नेपाल रेडक्रस साेसाईटी गुञ्जानगर उपशाखाका अध्यक्ष समाजसेवी हरिराज अर्याललगायत विभिन्न सरोकारवालाहरू, बुद्धिजीवी र स्थानीय पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    संस्थाका सचिव विष्णु अर्यालज्यूले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजसेवी विश्वराज अर्यालले विश्व वातावरण र पर्यावरणको वर्तमान अवस्था तथा यसको संवर्द्धनमा हाम्रो भूमिकाबारे प्रकाश पार्नुभएको थियो। सो क्रममा अतिथिहरू श्रीलाल अधिकारी र मुक्तिनाथ ढकालले वातावरण संरक्षणको महत्त्व र पर्यावरण जोगाउन स्थानीय स्तरबाटै गर्नुपर्ने प्रयासहरूका बारेमा आ-आफ्नो महत्त्वपूर्ण भनाइहरू राख्नुभएको थियो।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष दयानिधि अर्यालजयूले मानव जीवन र प्रकृतिबीचको सम्बन्धमाथि जोड दिँदै वातावरण स्वच्छ राख्न सधैँ तत्पर रहनुपर्ने बताउनुभयो। उहाँले कार्यक्रम सफल पार्न स्थान उपलब्ध गराउने सहयाेगी संस्था परमानन्द स्मृति वैदिक विद्या भवन गुरूकुल विद्यालय परिवार, निःशुल्क बिरुवाहरू सहयोग गर्ने डिभिजन वन कार्यालय चितवन र सहजकर्ता नेपाल रेडक्रस सजेसाईटी गुञ्जानगर उपशाखाका अध्यक्ष हरिराज अर्यालज्यू तथा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिने सम्पूर्ण महानुभावहरूमा हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    “समृद्ध भविष्यकाे आधार :  जलवायु एवम्  प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम अन्तर्गत विद्यालय परिसर भित्र निम, बेल, कपुर, गुल्माेहर लगाएतका विभिन्न प्रजातिका वातावरण मैत्री शीतल दिने बिरुवाहरू रोपिनुका साथै वरपरको क्षेत्रमा सरसफाइ समेत गरिएको थियो।—




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत

    छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको…

    काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली,

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा

    Techie IT