Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ प्रदेश ∕ कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा

    कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा


    सिन्धुली, १० असोज, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. २ (प्रदेश ‘ख’) को सभापति पदमा सिता स्याङतानले उम्मेदवारी घोषणा गरेकी छन्। उक्त पदमा यसअघि महिलाको उम्मेदवारी दाबी नरहेको स्याङतानको भनाइ छ।
    क्षेत्र नं. २ (प्रदेश ‘ख’) अन्तर्गत मरिण, हरिहरपुरगढी र ध्याङलेख गाउँपालिका पर्छन्। यी स्थानीय तहबाट चयन भएका प्रतिनिधिले प्रदेश सभापति चयनका लागि मतदान गर्नेछन्। निर्वाचन कार्यतालिकाअनुसार असोज १२ गते उम्मेदवारी दर्ता र असोज १३ गते निर्वाचन हुने कार्यक्रम छ।
    उम्मेदवारी घोषणा गर्दै स्याङतानले यसअघि उक्त पदमा महिलाको दाबी नरहेकाले आफूले यसपटक उम्मेदवारी दिएको बताइन्। उनले प्रतिनिधिहरूबाट आफ्नो उम्मेदवारीलाई समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गरिन्।
    “सभापति पदमा अहिलेसम्म कुनै महिलाले दाबी गर्नुभएको थिएन। यसपटक मैले दाबी गरेकी छु,” उनले भनिन्।
    स्याङतानले पार्टीको नेतृत्वमा महिलाको सहभागिता बढाउने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताइन्। उनका अनुसार उनले विभिन्न सामाजिक तथा राजनीतिक संस्थामा जिम्मेवारी सम्हाल्दै आएकी छन्।
    उनी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघकी केन्द्रीय उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघकी जिल्ला उपाध्यक्ष, नेपाल महिला संघकी जिल्ला सचिव तथा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधिका रूपमा काम गरिसकेकी छन्।
    पार्टीले अघि सारेका लोकतन्त्र, राष्ट्रियता,उ समाजवाद र जनउत्तरदायी शासनका आधारलाई आत्मसात गर्दै संगठनलाई समयअनुकूल बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको स्याङतानले बताइन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    माता बगलामुखीको मूर्ति प्रतिस्थापन तथा प्राण प्रतिष्ठानको १२औँ वार्षिकोत्सव सम्पन्न

    रामचन्द्र दुलाल काठमाडौँ, असोज ९ । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिलमा अवस्थित माता बगलामुखीको मूर्ति प्रतिस्थापन तथा प्राण प्रतिष्ठानको

    सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो

    रामचन्द्र दुलाल काठमाडौँ, असोज ९ । इन्द्रजात्रा पर्वको अवसरमा सामुदायिक सेवा समाजअन्तर्गत रहेको सामुदायिक योग समूहले शुक्रबार गाईजात्रा (इन्द्रजात्रा) विशेष

    गोदावरी वडा नं. ३ बालमैत्री वडा घोषित

    ललितपुर/६चैत, ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ बालमैत्री वडा घोषित हुन सफल भएको छ ।”सम्मानित बालापन – सुनिश्चित बालअधिकार, बालमैत्री

    चुच्चेपाटीमा ओभरटेक गर्न खोज्दा चार वटा दुई पांग्रेसँग कार ठोक्कियो,…

    काठमाडौं /पौष २४, काठमाडौँको चुच्चेपाटीमा कारले ओभरटेक गर्न खोज्दा बस र चार वटा दुईपांग्रे सवारी आपसमा ठोक्किएका छन् । बौद्धबाट

    लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोषकुमार पाण्डेयले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित

    कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड

     विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको

    Techie IT