Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिअर्ग्यानिक कृषि प्रमाणीकरण नेपालमै गर्ने तयारी, प्रधानमन्त्री शाहद्वारा सम्बन्धित निकायलाई निर्देशन

    अर्ग्यानिक कृषि प्रमाणीकरण नेपालमै गर्ने तयारी, प्रधानमन्त्री शाहद्वारा सम्बन्धित निकायलाई निर्देशन


    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण प्रणाली स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा व्यवसायीहरूले अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रिया अत्यन्त खर्चिलो भएकाले सरकारको नियन्त्रणमा नेपालमै प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने माग गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले उक्त विषयलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका हुन्।

    छलफलका क्रममा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि सरकारले उपलब्ध गराउँदै आएको ७५ प्रतिशतसम्मको अनुदान बन्द भएकाले पुनः सञ्चालन गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदानलाई निरन्तरता दिने विषयमा सकारात्मक रहेको बताएका छन्।

    प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि आवश्यक नीतिगत र व्यावहारिक कदम चालिने पनि बताए।

    त्यसैगरी, प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउनुपर्ने मागमा पनि प्रधानमन्त्री सकारात्मक देखिएका छन्। अर्ग्यानिक मल उत्पादन वा खरिदमा रासायनिक मलसरह सुविधा उपलब्ध गराउने विषयमा आवश्यक व्यवस्था गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    दुई वर्षदेखि रोकिएको अर्ग्यानिक उत्पादन निर्यात अनुदानलाई कानुनी रूपमा पुनः सञ्चालन गर्न सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी पनि प्रधानमन्त्रीले दिएका छन्।

    छलफलमा अर्ग्यानिक एसोसियसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी थिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT