Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २० बुधबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रशेयर बजार १२ अङ्कले घट्याे, ८ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार

    शेयर बजार १२ अङ्कले घट्याे, ८ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार


    काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेर रोकिएको छ ।  यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो । यसदिन सेन्सेटिभ इन्डेक्स २.४५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको छ ।आज होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटोकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ०९ प्रतिशतले ओरालो लागेको छ ।

    कारोबार भएका कम्पनीमध्ये ६६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो । बजारमा गिरावट देखिए पनि केही कम्पनीका शेयरमा भने उल्लेखनीय वृद्धि देखिएको छ । सबैभन्दा धेरै बढ्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड अग्रस्थानमा रह्यो । यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एचएलआइ लार्ज क्याप फण्डको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

    कारोबार रकमको आधारमा यसदिन एसवाई प्यानल लिमिटेड अग्रस्थानमा रह्यो । यस कम्पनीको मात्र करिब ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ४१ करोड रुपैयाँभन्दा बढी मूल्यको शेयर कारोबार भएको छ ।

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ८ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ८७ लाख कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । विश्लेषकहरूका अनुसार नाफा बुकिङ र लगानीकर्ताको पर्खाइको रणनीतिका कारण बजार दबाबमा परेको हुनसक्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्से २६.७२ अंकले घट्यो, ५ अर्ब ६१ करोडको कारोबार

    काठमाडौँ । बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा बन्द

    राज्यको क्षमता अनुसार सन्तुलित बजेट ल्याएका छौं : अर्थमन्त्री स्वर्णिम…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमता र स्रोत व्यवस्थापनलाई ध्यानमा राखेर सन्तुलित रूपमा ल्याइएको

    सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलाको ३ लाख ११ हजार…

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०

    बजेटबारे अर्थमन्त्री वाग्ले आज पत्रकारसँग प्रत्यक्ष संवाद गर्दै

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्ने भएका छन्। अर्थ

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    वीरगञ्ज नाकाबाट १० महिनामा रु १ खर्ब ८१ अर्बको पेट्रोलियम…

    वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु १ खर्ब ८१ अर्ब ७० करोड बराबरका

    Techie IT