Techie IT
  • The Film Nepal
  • २०८३ असार ५ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियशनिबार साँझदेखि आइतबार बिहान ८ बजेसम्म अतिभारी वर्षाको चेतावनी

    शनिबार साँझदेखि आइतबार बिहान ८ बजेसम्म अतिभारी वर्षाको चेतावनी


    काठमाडौं/ १८ असोज, शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि अति भारी वर्षा भने भइसकेकाे छैन। पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै वर्षा पर्साकाे वीरगन्जमा ११०. १ मिलिमिटर मापन भएकाे छ।
    आज शनिबार साँझदेखि आइतबार बिहान ८ बजेसम्म त्यसमा पनि राति १० बजेदेखि राति २ बजेसम्म अतिभारी वर्षा गराउने सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागका महानिर्देशक कमलराम जाेशीले बताउनुभयो।
    ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहित सरकारी अधिकारीलाई हालकाे माैसमी अवस्थाबारे शनिबार ब्रिफङ गर्दै महानिर्देशक जाेशीले भन्नुभयो, “मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका वासिन्दालाई विशेष सचेत रहन अनुराेध गर्दछु। यात्रामा निस्कँदा विशेष सावधानी अपनाउनु हाेला।” २४ घन्टामा २०० मिलिमिटर वा त्याेभन्दा बढी वर्षा भएमा भारी र ३०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी हुन्छ। यद्यपि, भूगाेलअनुसार याे मापदण्ड फरक-फरक छ।महानिर्देशक जाेशीका अनुसार विभागले भारीदेखि अतिभारी वर्षाकाे आकलन गरिएका १७  जिल्लामा  रेडअलर्ट जारी गरेकाे छ। आइतबार बिहानसम्मका लागि काेशीका सुनसरी र उदयपुरमा रेडअलर्ट छ। त्यस्तै, मधेशका आठवटै जिल्ला सप्तरी, सिराहा, धनुषा, महाेत्तरी, सर्लाही, राैतहट, बारा र पर्सामा रेडअलर्ट छ। बागमतीका सिन्धुली दाेलखा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवनमा पनि रेडअर्लट जारी भएकाे छ। “यी जिल्ला र आसपासका क्षेत्रमा विशेष सावधानी अपाउनुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो।
    त्यस्तै, अरू जिल्ला पनि बाढीपहिराेकाे उच्च जाेखिममा छन्। काेशीका झापा, माेरङ, इलाम, धनकुटा, पाँचथर,  तेह्रथुम, भाेजपुर, घाेटाङ, ओखलढुंगा, साेलुखुम्बु र संखुवासभा जाेखिममा छन्।
    गण्डकीकाे गाेरखा र गण्डकीकाे पूर्वी नवलपरासी पनि जाेखिममा परेका छन्। लुम्बिनीका नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा अलर्ट रहेर आइतबार बिहानसम्म ध्यान दिन उहाँले अनुराेध गर्नुभयो।
    आइतबार बिहानबाट भने वर्षा गराउने प्रणाली पूर्वी नेपालमा केन्द्रित हुनेछ। आइतबार पूर्वी तराई र मध्य पहाडी क्षेत्रमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। साेमबार बिहानबाट सिस्टम मत्थर भएर जाने र वर्षा कम हुनेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गर्दै आर्थिक कूटनीति, सार्वजनिक कूटनीति

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    Techie IT