Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिसम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

    सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा


    वीरगञ्ज/९ असोज, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली कांग्रेस पर्सा कार्यालयको आज यहाँ समुद्घाटन गर्दै उहाँले सम्पूर्ण जातजाति, आदिवासी, मधेसी, महिला, थारु र मुस्लिमलगायत सबै समुदाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “सबै जातजाति, धर्म, संस्कृतिलाई मिलाएर अघि बढ्नु आजको आवश्यकता हो”, सभापति देउवाले भन्नुभयो, “यो कामका लागि नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्दछ । मलाई विश्वास छ । यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नेछौँ ।” कांग्रेसका सभापति देउवाले फरक प्रसङ्गमा पर्सा जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध निकै गहिरो रहेको स्मरण गर्नुभयो । “पर्सा जिल्ला एउटा यस्तो ऐतिहासिक जिल्ला हो । विसं २००७ को क्रान्ति यही ठाउँबाट सुरु भएको हो । थिरबम मल्ल सहिद भएको पनि पर्सा जिल्लामा नै हो”, उहाँले भन्नुभयो, “वास्तवमा भन्ने हो भने म सुदूरपश्चिमबाट काठमाडौँ आउँदाखेरी यही जिल्ला हुँदै आएको पनि छु । सुदूरपश्चिमबाट भारतीय रेल चढेर सुगौली हुँदै पर्सा आइपुगेको थिए । पर्सा जिल्लाबाट फेरि बस चढेर काठमाडौँ गएको व्यक्ति पनि हुँ ।” कांग्रेस सभापति देउवाले विद्यार्थी सङ्घको अधिवेशन गराउन पर्सा आउँदाखेरी यहाँको जेलमासमेत बस्नुपरेको स्मरण गर्नुभयो । “नेपाल विद्यार्थी सङ्घको अधिवेशन गराउन आउँदा जेलसमेत परेको थिए । यो जिल्ला मेरा निम्ति पनि निकै महत्त्वपूर्ण छ । यो जिल्लाको विकास र समृद्धिको लागि सबै साथीहरू एकताबद्ध भएर अघि बढ्नुहोला”, उहाँले भन्नुभयो, “यो जिल्लाको विकास र समृद्धिका लागि मेरोतर्फबाट गर्न सकिने सबै खालका सहयोग गर्न तयार छु ।” कांग्रेस सभापति देउवाले पर्साका स्वर्गीय आत्मराज ओझा र दुखा सहनीको धेरै ठूलो त्याग र तपस्या रहेको पनि स्मरण गर्नुभयो । ‘‘उहाँहरुको योगदान र तपस्या निकै ठूलो छ । उहाँहरूकै स्मृतिमा भवन निर्माण गर्नु पक्कै पनि राम्रो कार्य हो”, उहाँले भन्नुभयो । कांग्रेस सभापति देउवाले विगतको तुलनामा अहिले सडक र बाटाघाटाको निर्माणमा कनेक्टिभिटिमा पनि सहज भएको बताउनुभयो । “नेपालमा यातायातको साधनको पहुँच वृद्धि भएसँगै एउटा जिल्लाबाट अर्काे जिल्ला मात्रै नभएर एउटा क्षेत्रबाट अर्काे क्षेत्रमा पनि जान पनि सहज भएको छ”, उहाँले भन्नुभयो, “पहिला जस्तो सीमित सडक छैन । अहिले यहाँबाटै पूर्वमा झापा र सुदूरपश्चिमको महेन्द्रनगरसमेत जान सकिने अवस्था भइसकेको छ ।” नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका वडा नं २४ मा निर्माण गरेको आत्मराम ओझा, दुख सहनी स्मृति भवनको उद्घाटन गरिएको हो । सोही भवनमा पार्टी कार्यालय सञ्चालन गरिनेछ । नेपाली कांग्रेस पर्साकाअनुसार सो भवन रु एक करोड २९ लाख लागतमा निर्माण गरिएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT