सोह्र श्राद्ध सम्पन्न,भोलीबाट दशै सुरु
कला साहित्य
काठमाडौँ/ १६ असोज,आज असोज कृष्ण औँसी, पितृ पक्षको अन्तिम दिन हो। असोज २ गतेदेखि सुरु भएको पितृ पक्ष आज विधिवत् रूपमा सम्पन्न हुँदै छ, र भोलिदेखि बडा दसैँको दुर्गा पक्ष सुरु हुनेछ।
सोह्र श्राद्धका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्ड दान गरिन्छ। यदि कुनै कारणले श्राद्ध रोकिएको भए, आज पितृ औँसीको दिन गर्नुपर्छ। अझै पनि गर्न नसकिएमा, शास्त्रीय मान्यता अनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म श्राद्ध गर्न सकिन्छ।
श्राद्धले पितृऋणबाट मुक्ति मिल्ने विश्वास छ। गोकर्णेश्वर, बेत्रावती, देवघाटजस्ता तीर्थस्थलमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस