Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसहकारी समस्या समाधानका लागि पीडितद्वार सरकारलाई चिट्ठा कार्यक्रमको प्रस्ताव

    सहकारी समस्या समाधानका लागि पीडितद्वार सरकारलाई चिट्ठा कार्यक्रमको प्रस्ताव


    काठमाडौं । आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिट्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिट्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले सहकारी समस्या समाधानको लागि ‘चिट्ठा कार्यक्रम’ अचुक शूत्र बन्ने जिकिर गर्दै सरकारले सो योजना लागु गर्नुपर्ने माग गरेका छन् । व्यक्तिहरुका बचतबाट सञ्चालकहरुले घर, जग्गा, गाडी, मार्टलगायतका स्थायी सम्पत्तिहरु बैंकमा धितो राखी ऋण लिएकोले पनि पीडितहरुको रकम फिर्ता हुन गह्रो रहेको केसीले बताए । केसीका अनुसार ऋण मुक्त गर्न नसक्दा अरबौंको सम्पत्ति बैंकले कम मुल्याङकन गरी लिलाम गर्ने अवस्था रहेकोले त्यसलाई चिट्ठाद्वारा व्यवस्थापन गर्न सकिने जानकारी दिए । “यो फर्मूलालाई व्यापारिक तथा ठगी गर्ने उद्देश्य नबनाई विशुद्ध परोपकारी भावबाट पीडितलाई न्याय दिन राज्य र महासंघको सहकार्यमा सम्पन्न गर्नुपर्छ ।” अध्यक्ष केसीले थपे ।

    केसीले समस्या समाधान गर्न अव्यवस्थित सम्पत्तिहरुलाई चिट्ठा कार्यक्रमद्वारा चिट्ठामा सहभागिता जनाउनेहरुलाईलाई पहिलो पुरस्कार बापत २५ करोडको घर, दोस्रोमा १० करोडको घर, तेस्रोमा ५ करोडको घर र चौथोमा जग्गालगायतका भौतिक सम्पत्तिहरु पुरस्कारद्वारा वितरण गर्न सकिने केसीले बताए । यसरी चिट्ठाद्वारा आएको रकमले बैंको ऋण चुक्ता गर्ने, पीडितहरुको बचत फिर्ता गर्न सकिने बताउँदै केसीले भने,“यसो गर्दा सामन्य रकमले खरिद गरिएको चिट्ठाबाट व्यक्ति करोडपति हुने अवसरमा धेरैभन्दा धेरै व्यक्ति सहभागिता हुँदा देशलाई ठूलो संकटबाट बचाउन यो शूत्र ‘राम बाँण’ सावित हुने कुरा सरकारले बुझ्न जरुरी छ ।” यसरी यो उपायलाई सरकारले सहजै नस्वीकारे नाङ्गिएका आमा, दिदी–बहीनीले यो भन्दा भयङ्कर रुप धारण गरि बिद्रोहमा उत्रिएर कुनै दुर्घटना घटे त्यसको जिम्मेवार सरकारनै हुने केसीले चेतावनी दिए ।

    पत्रकार सम्मेलनमा पीडित महिलाहरुले अर्धनग्न अवस्थामा आफ्ना पीडाहरु व्यक्त गर्दै अध्यक्ष केसीको शूत्रले आफूरुको बचत रकम फिर्ता हुनेप्रति आशा पलाएकोले पनि सरकारले सो प्रश्तावलाई आत्मसाथ गर्नुपर्ने धारणा रोखेकी थिइन् । महासंघका देवकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    Techie IT