अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय
काठमाडौँ। अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब पुगेका छन् ।
गत साता पाकिस्तानको राजधानी इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि उच्चस्तरीय वार्ता भएको थियो । सोही वार्ताको जगमा रहेर सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा अमेरिका(इरान वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका विदेशमन्त्री इशाक दारसहितका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।
साउदी अरबपछि उनी कतार र टर्कीको भ्रमणमा निस्कनेछन् । टर्कीमा उनले ‘अन्टाल्या कूटनीति मञ्च’मा भाग लिनुका साथै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । एकातिर प्रधानमन्त्री सरिफ साउदी अरबमा छन् भने अर्कोतिर पाकिस्तानी सेना प्रमुख असिम मुनिरको नेतृत्वमा एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल इरान पुगेको छ । मुनिरलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा स्वागत गरेका छन् । इरानी सरकारी टेलिभिजनका अनुसार सेना प्रमुख मुनिर वासिङ्टनको ‘नयाँ सन्देश’ बोकेर दोस्रो चरणको वार्ताबारे छलफल गर्न त्यहाँ पुगेका हुन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ६ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
- ७ आज जनआन्दोलन दिवस मनाइँदै

तपाईको प्रतिक्रिया दिनुहोस