Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ९ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारस्वास्थ्यको लागि खेल आवश्यक : नगर प्रमुख

    स्वास्थ्यको लागि खेल आवश्यक : नगर प्रमुख


    सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर २ को आयोजनामा भएको युवाको आह्वान, खेलकुदमा प्रोत्साहन भन्ने मुल नाराका साथ तीन किलोमिटर दौड प्रतियोगिता कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार राशी क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार रहेको थियो । दौड प्रतियोगिताका धावकहरुलाई प्रमुख अतिथी एवम् नगरप्रमुख आइतमान तामाङले पुरस्कार तथा सम्मानपत्र वितरण गरेका थिए ।

    पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले खेलकूदले मानिसलाई हरेक कुरामा स्वस्थ रहनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले खेलकूद विकासको लागि नगरपालिकाले सक्दो सहयोग बताए ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराई वडा नम्बर ५ का वडाध्यक्ष राजु रायमाझीलगायत स्थानीय जनप्रतिनिधि र खेलप्रमीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले गरेका थिए । उक्त दौड प्रतियोगितमा ६ महिला र १७ पुरुष गरी २३ जनाले भाग लिएका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    Techie IT