मधेसमा कांग्रेस, एमाले, माओवादी परित्याग गर्दै आजपामा प्रवेश गर्नेको संख्या बढदै
रौतहट, ७ असोज । आम जनता पार्टी (आजपा)मा प्रवेश गर्नेको संख्या बढदै गइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित विभिन्न पार्टीका सयौं नेताहरु सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका छन्् ।
रौतहटको गुजरा नगरपालिकाको बलुवामा आज पार्टी प्रवेश तथा दिपावली, छठ लगायतका पर्वको शुभअवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सोही कार्यक्रमका बीचमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिभिन्न पार्टी परित्याग गरेकालाई आजपामा प्रवेश गराएका छन् । पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै आजपा अध्यक्ष साहले यो युवाहको पार्टी भएकाले सबैलाई क्षमता, योग्यता एवं सक्रियताका हिसाबले ठोस जिम्मेवारी दिइने बताए ।
गुजरा नगरपालिकाका वडा सदस्य ओमनारायण चौधरी सहित कांग्रेस, एमाले, माओवादी केन्द्र सहितका विभिन्न दलका सयौं युवा नेताहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् । चौधरी एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
गुजरा नगरपालिकाका इन्द्रप्रसाद चौधरी, सुशील साह, राजन पटेल, सनोज साह, श्याम चौधरी, मनोज साह, छोटेलाल साह, दिपक सहनी, सिद्धान्त चौधरी, बिनायक चौधरी, तुफानी सहनी, अजय चौधरी, संजय सहनी, राजेश माझी, रविन्द्र चौधरी, राजेश चौधरी, जितेन्द्र चौधरी, दिपनारायण चौधरी, तेजनारायण चौधरी, रामकिशुन चौधरी, रमिता देवी, मञ्जु सहनी, सुनैना देवी सहनी, सुनिता देवी सहनीले आजपामा प्रवेश गरेका छन् ।
यसैगरी, राजन देवी सहनी, राजिन्द्र सहनी, रामबहादुुर चौधरी, नगिना देवी, राजेन्द्र चौधरी, जोगी राउत, शारदा देवी पटेल, धुरी माझी, भगाउर माझी, जयलाल चौधरी, जोगिन्द्र साह, रमेश साह, प्रमोद पटेल, जगरनाथ साह, हरिन्द्र पटेल, सुनिल साह, विलाश सहनी, नथुनी सहनी, रामनारायण चौधरी, विरेन्द्र चौधरी, ठागा चौधरी, रामदरस चौधरी, नागेन्द्र चौधरी, राजु माझी, श्री माझी, भदरी माझी, मिना देवी, सुनैना साह, कविता कुमारी चौधरी, अंशु चौधरी, लालबाबु सहनी लगायतका सयौं जना नेताहरुले आजपामा प्रवेश गरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस