Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल


    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा चर्चा गरियो ।

    भेटवार्तामा आगामी सेप्टेम्बर १६-१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (GICC) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो। राजदूत योङले हालसम्म ३५ देशले उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न यसलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

    सो अवसरमा अपर त्रिशुली–१ जलविद्युत आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमा समेत विस्तृत कुराकानी भयो। मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिवद्धता जनाउनुभयो।

    उहाँले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ थप कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो। दुवै पक्षले GICC 2025 मार्फत नेपालको जलविद्युत क्षेत्रका सम्भावना तथा लगानी अवसरलाई उजागर गर्न सकिने र यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    Techie IT