आज प्रतिनिधिसभाका पाँच समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका पाँच समितिको बैठक आज बस्दैछ। विभिन्न विषयमा छलफल तथा प्रतिवेदनमाथि विचार–विमर्श गर्न समितिहरूको बैठक बस्न लागेको हो।
आज बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूले तयार पारेका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेका संशोधनमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य तथा दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल हुनेछ।
यसैगरी, बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ। बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगतिबारे छलफल गरिनेछ।
यसरी प्रतिनिधिसभाका पाँच समितिले आज आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल तथा समीक्षा गर्ने भएका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस