Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ९ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस


    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष कुमार केसीले जानकारी दिनुभयो।

    प्रवक्ता केसीले दिनुभएको जानकारी अनुसार क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय मदनबहादुर अमात्य र धना खतिवडा, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा र बागमती प्रदेश सदस्य राजीव पौडेलको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छ। त्यस्तै समानुपातिकतर्फ महासमिति सदस्यद्वय गीता सत्याल र मोदती केसी, महिला संघको केन्द्रीय सदस्य निरु खड्का, महाधिवेशन प्रतिनिधि राजेन्द्रराज पौडेलका साथै प्रमिला महर्जन र रेणु दुलालको नाम सिफारिस भइ आएको प्रवक्ता केसीले जानकारी गराउनुभयो। क्षेत्र नं. ३ बाट राष्ट्रिय सभातर्फ महासमिति सदस्य प्रमोद शर्मा, कांग्रेस नेता राजेन्द्र बिडारी र वेली डंगोलको नाम सिफारिस भएको छ।
    त्यसैगरी ललितपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको बैठकले दिवाकर नेपाल, बाबुराजा चित्रकार र ललिता खनियाको नाम सिफारिस गरेर पठाएको नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्काले जानकारी दिनुभयो। खड्काले दिनुभएको जानकारी अनुसार समानुपातिकतर्फ रुकु सापकोटा र  शान्ति महर्जन, राष्ट्रियसभातर्फ सुधालाल मुल्मी, प्रेमलाल महर्जन र प्रकाश केसीको नाम सिफारिस भएको छ।

    ललितपुर क्षेत्र  नं. १ को क्षेत्रीय कार्य समितिको बुधबार बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर राणासहित पार्टीको बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, महासमिति सदस्यहरु मथुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे, बिमल चन्द्र बिष्ट, महाधिवेशन प्रतिनिधि एवम् पूर्व जिल्ला सचिव रबिन्स शर्मा र महासमिति सदस्य सीता वाइवाको नाम सिफारिस गरेको क्षेत्रीय सचिव मथुरा प्रसाद शर्मा बजगाईँले जानकारी दिनुभयो।

    यसैगरी, समानुपातिकतर्फ महासमिति सदस्यद्वय रामकृष्ण लामा (इन्द्र) र रिजना तुलाधरलाई सिफारिस गरिएको सचिव बजगाईँले बताउनुभयो। माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवम् महासमिति सदस्य कवेल बहादुर लामाको नाम सिफारिस भएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अन्तर्राष्ट्रिय वीलभयूद्वारा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न

    काठमाडौं, ९ भदौ: बागमती प्रदेशको काठमाडौमा जीवन बचाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरियो । अगस्ट २३ तारिखमा, अध्यक्ष जाङ गिल जा

    गुञ्जनगर पतञ्जली साधना केन्द्रद्वारा दिब्य बनभाेज तथा पदयात्रा सम्पन्न

    चितवन/ ९ भदौ: भरतपुर-१८, गुञ्जनगर, चितवन स्थित गुञ्जनगर पतञ्जली साधना केन्द्रद्वारा भरतपुर-१८, चितवनकै पर्यटकीय पार्क गुञ्जनगर ग्रिनपार्क परिसरमा ब्यायाम, प्रणायम

    हर्क राईको माग : प्रधानमन्त्रीको निजी भ्रमणबारे संसद्मा जवाफ दिनुपर्छ

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको भनिएको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    Techie IT