Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिमधेश नेपाली कांग्रेसको आधारभूमि होः प्रवक्ता महत 

    मधेश नेपाली कांग्रेसको आधारभूमि होः प्रवक्ता महत 


    मधेश नेपाली कांग्रेसको आधारभूमि होः प्रवक्ता महत
    जनकपुर । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताउनु भएको छ । बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘लोकतन्त्र स्थापनाका लागि यो प्रदेशले धेरै ठूलो संख्यामा ज्यान आहुति दिने शहिद जन्माएको छ ।’

    यो प्रदेशबाट रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, शेख इद्रिसलगायतले नेपाली कांग्रेस पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । भन्नुभयो, ‘विद्यार्थी नेता कामेश्वर, कुशेश्वर, दुर्गानन्द झालगायतको पनि नेपाली कांग्रेस निर्माण र लोकतान्त्रिक आन्दोलनको उर्बर भूमि यो क्षेत्रलाई बनाउन महत्वपूर्ण भूमिका दिनुभएको थियो ।’

    ‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लै बहुमत ल्याउने परिस्थिति बनायौं भने, देशैभरि कांग्रेसले बहुमत ल्याउँछ’ उहाँले भन्नुभयो, ‘त्यसका लागि नेपाली कांग्रेस पार्टीभित्र एकताको आवश्यकता छ । आरोप–प्रत्यारोप होइन, संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ ।’

    निर्णय एउटा हुन्छ, बाहिर अर्कै कुरा आउँछ । यस्तो भयो भने जनता दुविधामा पर्छन् । बैठकको निष्कर्षलाई सबैले स्वीकार गरौं भन्दै प्रवक्ता तथा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘ केन्द्रमा जसरी पार्टी सभापतिले सबैको कुरा सुनेर छलफलबाट निष्कर्ष निकाल्नु हुन्छ, त्यसरी नै कांग्रेसको हरेक तहमा संस्थागत निष्कर्ष निकाल्ने प्रवन्ध मिलाउँ, यसका लागि सहिष्णु बनौं । हरेक तहमा यस्तो प्रवन्ध मिलो भने नेपाली कांग्रेस बलियो हुन्छ, पार्टीमा एकता र सहिष्णुता विकसित हुन्छ । यदि यो भइदियो भने नेपाली कांग्रेस एक्लैले निर्वाचनमा बहुमत ल्याउन सक्छ ।’

    ‘उहाँले भन्नुभयो, ‘एक्लै गर्छु भनेर परिणाम निस्कँदैन, संगठन निर्माण गर्न, यो विशाल जनसभा, पार्टीका साथीहरुको उपस्थिति संगठन निर्माणमा रुपान्तरण भयो भने यो सम्मेलनको सफलता हुनेछ ।’

    ‘नेपाली कांग्रेसले मात्र नेपालको आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्छ, लोकतन्त्रलाई संस्थागत गर्न सक्छ र संघीयतालाई घनिभूत गर्न सक्छ’ मन्त्री महतले भन्नुभयो, ‘अरुले सक्दैन । मधेशको नागरिकताको सवाल, समावेशी अधिकारको सुनिश्चिताको सवाल नेपाली कांग्रेसको कारणले प्राप्त भएको हो । पहिला हाम्रो पार्टीप्रति गर्व गर्न सिकौं ।’

    हामी नै ठीक छैनौं, हाम्रै नेता ठीक छैन भन्ने कुरा गर्दै हिडियो भने हामीले जनताको विश्वास आर्जन गर्न नसक्ने उहाँले बताउनुभयो । भन्नुभयो, ‘हामीबीच मतान्तर होला, त्यो मतान्तर घरभित्रै छलफल गरौं ।’

    ‘०४६ सालपछि नै नेपाली कांग्रेसले विकासको आधार खडा गरेको हो । नेपाली कांग्रेसले विकासलाई निरन्तरता दिन्छ भन्ने विश्वासका साथ हामी जनताकाबीचमा जाऔं, त्यसपछि नेपाली कांग्रेसलाई एक्लै जित्ने पार्टी बन्न कसैले रोक्न सक्दैन’ उहाँले भन्नुभयो, ‘सबै पुस्ताको ऊर्जा र अनुभवलाई एकत्रित गरेर मात्रै यो पार्टी बलियो हुन्छ ।

    ‘अहिले अर्थतन्त्रले लय पक्रिँदैछ, सेयर बजार माथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले पर्यटकको आगमन सबैभन्दा धेरै भएको छ’ उहाँले भन्नुभयो, ‘ऋण प्रवाह हुन थालेको छ, अब नेपालको विकासले लय पक्रिन्छ । एमाले अध्यक्ष ओलीको पालादेखि नै नेपालको अर्थतन्त्रमा ठूलो चाँङ थियो, यो समस्याको चाङ एक झड्कामा हुँदैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुले इमान्दारिताका साथ काम गरिरहेका छन् ।

    कार्यक्रममा अर्थतन्त्रमा अब निर्णायक सुधार आउने मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था पनि कांग्रेसले नै गर्नेछ । जति पनि विकास निर्माणको प्रकृया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT