धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ।
अर्थ मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आह्वान गरेको हो।
अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार, पूँजी बजार, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव अनिवार्य गरिएको छ। उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा विदेशी स्थायी बसोबास अनुमति (PR) नलिएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
प्राप्त आवेदनमध्ये सिफारिस समितिले संक्षिप्त सूची तयार गर्नेछ र आवश्यक परे थप विवरण पनि माग गर्न सक्नेछ।
अध्यक्ष नियुक्तिका लागि गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। समितिमा घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।
यसअघि अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ४ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ५ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ६ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ७ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

तपाईको प्रतिक्रिया दिनुहोस