पोखरा महानगरको ७ अर्ब १५ करोड बजेट सार्वजनिक, पूर्वाधार र सेवा विस्तारमा जोड
पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १९औँ नगरसभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत बजेटअनुसार खर्च व्यहोर्ने मुख्य स्रोतमा सङ्घीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान रहेका छन्। सङ्घीय सरकारको सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदानबाट ५ करोड ५० लाख, समपूरक अनुदानबाट १ करोड ८२ लाख तथा समानिकरण अनुदानबाट ४९ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसरी सङ्घीय वित्तीय हस्तान्तरणको कुल योगदान ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ रहनेछ।
त्यस्तै गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ४० लाख र समानिकरण अनुदानतर्फ ८ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारको कुल वित्तीय हस्तान्तरण ९ करोड १५ लाख ३६ हजार रुपैयाँ रहने जनाइएको छ।
महानगरले राजस्व बाँडफाँड र आन्तरिक आयलाई पनि बजेटको महत्वपूर्ण आधार बनाएको छ। सङ्घीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार तथा स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोतबाट मात्रै २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ।
कुल बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्च र ४४.९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ। सभामा आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ समेत प्रस्तुत गरिएको छ।
महानगरपालिकाका अनुसार नगरसभाको अर्को बैठक असार १७ गते दिउँसो २ बजे बस्नेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ३ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ४ २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा
- ५ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता
- ६ फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक
- ७ भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक नगर्न चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस