विपदका कारण प्रभावित वडामा महानगरले ट्याङकरबाट पानी वितरण गर्ने
ललितपुर/ १५ असाेज, ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ ।
महानगरस्तरीय विपद व्यवस्थापन समितिको आइतबार बसेको बैठकले वडा स्तरबाट खानेपानीको व्यवस्थापन गर्ने निर्णय गरेको हो । नगर प्रमुख चिरीबाबु महर्जनले बाढी, पहिरोपछि पानीको स्रोत प्रभावित हुने भएकाले पानीजन्य रोग फैलन नदिन यो व्यवस्था गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, “पानी शुद्धिकरणका लागि किटनासक औषधिको समेत व्यवस्था गरेका छौंँ । ” यसैगरी बैठकले अत्यावश्यक औषधि जी टु जी माध्यमबाट खरिद गर्ने समेत निर्णय गरेको छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रत्येक वडाबाट बाढी प्रभावितको तथ्यांक लिएर त्यसकै आधारमा राहतको व्यवस्था गर्नुपर्ने बताउनुभयाे । उपप्रमुख बज्राचार्यले कार्यपालिकाको आकस्मिक बैठकले केही विषयहरु तत्काल निर्णय गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयाे, “अन्य विषयहरु कार्यपालिकाको बैठकले निर्णय गरेर अघि बढ्दा सजिलो हुन्छ । ”
महानगरका प्रवक्ता एवम वडा नं.९ का अध्यक्ष राजु महर्जनले खोला नजिकका वडाहरु बढी प्रभावित भएको बताउनुभयाे । सडक भासिँदा आवागमन प्रभावित भएको बताउँदै त्यसको व्यवस्थापन गर्न आफू सक्रिय रहेको बताउनुभयाे । सडकमा थुप्रिएको माटोका कारण हिड्डुल गर्न असहज भएकाले तत्काल जेसिभी प्रयोग गरेर सडक सफा गर्नुपर्ने धारणा राख्नुभयाे। वडा नं.१३ का वडा अध्यक्ष गणेश केसीले बाढीका कारण खानेपानीको पाइप अबरुद्ध हुँदा वडाबासी पानीको समस्या झेलिरहेको बताउनुभयाे । थुनिएको ढल तत्काल खोल्नुपर्ने र बत्तीको व्यवस्था समेत तत्काल गर्नुपर्ने धारणा राख्नुभयाे। वडा नं.१३, वडा नं.१४ , वडा नं.२५ , वडा नं१८ , वडा नं.२४ , वडा नं २३मा दुई दिनको अविरल वर्षाले तुलनात्मक रुपमा धेरै क्षति पुर्याएको छ ।
वडा अध्यक्ष गणेश केसीले भन्नुभयाे, “केही ठाउँमा पहिरो पनि गएको छ ,त्यसको पनि व्यवस्था गर्नुपर्छ । स्थानीय सरकार भएको प्रत्याभूति दिलाउनुपर्ने उहाँले बताउनुभयाे । मानवीय क्षति धेरै भएको बताउँदै एकिन तथ्यांक अझै आउन नसकेको वडा अध्यक्ष केसीले जानकारी दिनुभयाे।
वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा वडा नं.१२ का वडा अध्यक्ष नारायणलाल अवालेले डुबानमा परेका घरबाट माटो उठाउनु तत्कालको आवश्यकता भएको बताउनुभयाे। “महानगरबाट त्यो माटो निकाल्न के सहयोग हुन्छ भन्दै सयौं फोन आइरहेको छ यसका लागि हामीले नीतिगत निर्णय गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
वडा नं.३ का वडा अध्यक्ष श्री गोपाल महर्जन अप्ठ्यारोमा परेका महानगरबासीलाई तत्काल राहत उपलब्ध गराउनु जनप्रतिनिधिको दायित्व भएको बताउनुभयाे । आफ्नो वडामा अविरल परेको वर्षाका कारण व्यवसायीहरु मर्का परेको जानकारी दिनुभयाे।
वडा नं.५का वडा अध्यक्ष विकासमान श्रेष्ठले वडास्तरबाट नै खानेपानीको व्यवस्था मिलाउँदा प्रभावकारी हुने धारणा राख्नुभयाे। उहाँले भन्नुभयाे ‘घरभित्रको लेदो माटो झिक्र्ने , सडक सफा गर्ने जेसिभी पनि वडाले नै व्यवस्था गर्दा प्रभावकारी हुन्छ , त्यसका लागि नीतिगत निर्णय हुनुपर्छ ।’
कार्यपालिका सदस्य रामशरण पहेलीले दुई दिनको अविरल वर्षाले वडा नं.२४ मा रहेको नागदह फुट्ने खतरा रहेको बताउँदै वर्षा रोकिएका कारण तत्काललाई त्यो खतरा टरेको बताउनुभयाे । यसैगरी पशुपति टोलमा बनेको पार्कमा समेत बाढीले क्षति पुर्याएको बताउनुभयाे।
कार्यपालिका सदस्य सानु अवाले खानेपानीको समस्या अत्यधिक भएको बताउँदै अबरुद्ध सडक खोल्नु अहिले आवश्यकता भएको धारणा राख्नुभयाे।
सूचना अधिकारी देवप्रसाद गुरागाइँले क्षतिको विवरण संकलन गर्नुपर्ने धारणा राख्नुभयाे। पहिरो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्नु महानगरको कर्तव्य भएको धारणा राख्नुभयाे।
जिन्सी शाखा प्रमुख सागर थापाले फोहोर व्यवस्थापन अहिलेको मुख्य चुनौती भएको बताउँदै फोहोर संकलन गर्ने सवारीहरु पानीका कारण काम गर्न नसक्ने अवस्थामा पुगेकाले तत्कालका लागि छिट्टै व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयाे ।
जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले स्वास्थ्य चेतनाका लागि र्यापिट रेस्पोन्स टिमलाई तत्काल परिचालन गर्ने बताउनुभयाे। थप औषधिको आवश्यकता रहेको बताउँदै वडा वडामा पानी शुद्धिकरणका लागि औषधि वितरण गर्ने बताउनुभयाे।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस