Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मती“संविधानमा उल्लेख भएको धार्मिक स्वतन्त्राको विषयलाई उचित रुपमा व्याख्या गर्नुपर्ने”

    “संविधानमा उल्लेख भएको धार्मिक स्वतन्त्राको विषयलाई उचित रुपमा व्याख्या गर्नुपर्ने”


    ललितपुर/ २४ पुस, पुनरावेदन अदालतका पूर्वन्यायधीश डाक्टर सलाउद्दिन अख्तर सिद्दिकीले संविधानमा उल्लेख भएको धार्मिक स्वतन्त्राको विषयलाई उचित रुपमा व्याख्या गर्नुपर्ने बताउनुभयो।
    नेपाली ख्रीष्टियन समुदायको हितममा काम गर्ने संस्था नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) काे मंगलबार आयाेजित ६५ औं वार्षिकोत्सवमा मन्तव्य राख्नुहुँदै उहाँले भन्नुभयो, “संविधानमा नेपाल बहुधार्मिक, बहु भाषिक र बहुजातिको राष्ट्र हो भन्ने प्रष्ट लेखिएकाे छ, यस्तो अवस्थामा बहुसंख्यकले अल्पसंख्यक समुदायको धार्मिक आस्थाको ख्याल गरेको अवस्था छैन। धार्मिक स्वतन्त्रा भनेकै हाम्रो मौलिक हक हाे, यसको सदुपयोग गर्न पाउनुपर्छ ।”
    नेपाली ख्रीष्टियन समुदायको हितममा काम गर्ने संस्था नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) ले ६५ औं वार्षिकोत्सव अवसरमा आज मंगलबार ललितपुरको आराधना चर्चमा भएको कार्यक्रममा  मन्तव्य राख्नेक्रममा उहाँले ख्रीष्टियन समुदायलाई लक्षित गर्दै थप्नुभयो,“हामीले एकले अर्काको धार्मिक समुदायको बारे बुझ्ने र पढ्ने बानीको विकास गरेका छैनौं । धार्मिक सद्भाव र सामाजिक मित्रताको लागि हामीले एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ ।”
    वार्षिकोत्सवको अवसरमा नेपाल ख्रीष्टियन समाजका उपमाहासचिव मुकुन्द कुमार शर्माले ख्रीष्टियन समुदायभित्र भएका समस्याहरुको समाधानको लागि सबै जिम्मेवारी संस्थाहरु मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
    त्यसैगरी संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदका संयोजक भव घलेले ख्रीष्टियन समुदायले धार्मिक, राजनीतिक र सामाजिक रुपमा राम्रो काम गरेर देशलाई सकारात्मक रुपमान्तरणमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ख्रीष्टियन समुदायले स्वतन्त्रतासाथ आफ्नो धार्मिक अभ्यास गर्न पाएको अवस्था छैन, यस्ता समस्याको समाधानको लागि सबै  लाग्नुपर्ने देखिन्छ ।”
    वि.स २०१६ सालमा स्थापना भएको नेपाल राष्ट्रिय मण्डली संगतिले हालसम्म ख्रीष्टियन समुदायको हितमा मात्र काम नभई विभिन्न सामाजिक कार्यमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जानकारी गराइएको छ । हाल देशभरका करिब चार हजार भन्दा बढी चर्चहरुले एनसिएफमा आवद्धता लिएका छन् भने सातै प्रदेशमा संस्थाको शाखा विस्तार भएको जानकारी गराइएको छ ।
    नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) ले ६५ औँ वार्षिकोत्सवको अवसरमा धार्मिक आस्था अनुसार देशको राजनीतिक, आर्थिक र सामाजिक विषयलाई समेटेर सकारात्मक परिवर्तनका लागि प्रार्थना समेत गरेको छ ।  संस्थाका अध्यक्ष हनोक तामाङले ख्रीष्टियन समुदायले सधैँ देशमा सकारात्मक प्रभाव पार्नुपर्ने बताउँदै धेरै लामो इतिहास बोकेको संस्थामा रहेर सेवा पुर्‍याउनुभएका सबै पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT