Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारनेपाल बार एवं न्याय परिषद सदस्यबीच परामर्श बैठक सम्पन्न

    नेपाल बार एवं न्याय परिषद सदस्यबीच परामर्श बैठक सम्पन्न


    काठमाडौं।नेपाल बार एशोसियसनका अध्यक्ष ,उपाध्यक्ष,महासचिव,सहित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं न्याय परिषदका सदस्य बीच परामर्श बैठक सम्पन्न भएको छ ।आइतबार नेपाल बारका अध्यक्ष सहितका पदाधिकारी एवं न्याय परिषद्का सदस्यद्धय महेश कुमार नेपाल र दामोदर खड्काबीच परामर्श बैठक सम्पन्न भएको हो ।२०८२ साउन २२ मा न्याय परिषद्ले उच्च अदालतमा गरेको २७ जना न्यायाधीश नियुक्तिको सिफारिस प्रति नेपाल बारको ध्यानाकर्षण भएको जनाइएको छ ।

    बैठकपछि बार महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्धारा जारी विज्ञप्तिमा भनिएको छ -‘नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी राज्यको मर्म र भावनालाई पूर्णतः बेवास्ता गरिएको जनाइएको छ । उक्त विज्ञप्तिमा भनिएको छ न्यायपालिका जस्तो महत्वपूर्ण अंगमा महिला,विभिन्न भौगोलिक क्षेत्र,वर्ग र समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनपर्नेमा यो नियुक्तिले त्यसलाई अस्वीकार गरेको छ । यस्तो असन्तुलित नियुक्तिले न्यापिालिकामाथि सबैको समान पहुँच र अपनत्वको भावनामा गम्भीर चोट पुर्याएको छ । न्याय प्रणालीप्रतिको विश्वासलाई कमजोर बनाएको छ।’

    अझ अगाडि भनिएको छ -‘न्यायाधीश पद सार्वजनिक विश्वासको धरोहर हो,जुन योग्यता र क्षमताको आधारमा प्रदान गरिनुपर्दछ । थुप्रै सुधारका प्रतिबद्धता व्यक्त गरिएको न्यायिक सुधारको प्रतिवेदनहरु केवल देखाउने आलंकारिक दस्तावेज मात्र भएका छन् ।’

    न्याय परिषद्का क्रियाकलापप्रति बारको असन्तुष्टिलाई बारको महासचिवको विज्ञप्तिले प्रष्टै पारेको देखिन्छ । बारले चाहेको छ कानूनको परिपालना सबैले गर्नुपर्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT