नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान ९:३० बजेबाट सुरु हुनेछ।
जारी सिरिजमा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै सुखद सुरुआत गरेको थियो भने दोस्रो खेलमा ओमानसँग हार बेहोरेको थियो। यता, पहिलो खेलमा नेपालसँग पराजित भएको युएईले दोस्रो खेलमा ओमानमाथि जित निकाल्दै लय समातेको छ।
लिग–२ को अंकतालिकामा हालसम्म नेपाल २२ खेलबाट १४ अंकसहित सातौं स्थानमा रहेको छ। युएई भने समान २२ खेलबाट १२ अंक जोड्दै पुछारमा छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १५ पटक प्रतिस्पर्धा भएको छ, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल आफ्नो पक्षमा पारेको छ।
यस सिरिजका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।
मे ५ सम्म चल्ने यस त्रिदेशीय सिरिजमा प्रत्येक टोलीले एकअर्काविरुद्ध दुई–दुई खेल खेल्ने तालिका छ। अब मे ३ मा ओमान र युएईबीच खेल हुनेछ भने मे ५ मा नेपाल र ओमान आमनेसामने हुनेछन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ३ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता
- ४ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ५ भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक नगर्न चेतावनी
- ६ परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता
- ७ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान

तपाईको प्रतिक्रिया दिनुहोस