प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
काठमाडौँ/१८ पुस, प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी हुनुुहुुन्थ्यो । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुनुहुन्छ ।
यही पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुुभएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहनुुभएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस