Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रदोहोरो अंकले बढ्यो बजार, काराेबार रकम भने घट्याे

    दोहोरो अंकले बढ्यो बजार, काराेबार रकम भने घट्याे


    काठमाडौं । मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ ।

    आज ३४० कम्पनिका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।आज रिलाइन्स स्पिनिङ, सोलु हाइड्रोपावर, सालपा विकास बैंक, होटल फरेस्ट इन कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआईसी एशिया ग्रोथ फन्ड–टूको शेयर सबैभन्दा धेरै ४ दशमलव ७४ प्रतिशतले घटेको छ ।

    त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, लिबर्टी इनर्जीको ७.५३, माहुली लघुवित्तको ६.४४ तथा न्यादी हाइड्रोपावरको ६.१६ प्रतिशत मूल्य बढ्यो । अपरहेवाखोला हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा…

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।

    व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड

    ललितपुर/ ८ श्रावण,  ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा धारणा राख्ने उद्योग व्यवसायीहरुले व्यवसायमैत्री कर नीतिका लागि तीनै तहका

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। आज ३५३ वटा कम्पनीका

    सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त…

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै

    कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ…

    काठमाडौं । नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको

    Techie IT