Techie IT
  • The Film Nepal
  • २०८३ असार ३ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिविजुली बत्ती जान थालेपछि यसको समाधान गर्न शाक्यले निर्देशन दिए

    विजुली बत्ती जान थालेपछि यसको समाधान गर्न शाक्यले निर्देशन दिए


    काठमाडौं। पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि बत्ती जाने आउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्या पत्ता लगाई समाधानका निम्ति सरोकारवालालाई निर्देशन दिएका छन् । उपभोक्तबाट यस्तो गुनासो आउन थालेपछि उनले स्थलगत निरीक्षणका साथै शनिबार सरोकारवाला पक्षसँग छलफल गरेका हुन् ।

    समस्या समाधानका निम्ति शाक्यले बिहीबारदेखि निरन्तर प्रयास जारी राखेका छन् । शुक्रबार पनि करिब १०ः०० बजेतिर आकस्मिक रूपमा निरीक्षणका निम्ति प्राधिकरणको लगनखेल र जावलाखेल केन्द्र पुगेर त्यहाँको अवस्थाबारे उनले जानकारी लिएका थिए ।

    बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युटाचारमा ग्रीड तथा माथिल्लो तहका कर्मचारीसँगै राखेर उनले छलफल गरेका थिए ।

    निर्देशक शाक्यले भने, “पछिल्लो समय मुख्य गरेर पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बत्ती जान थालेको भन्दै ग्राहकबाट गुनासो आउन थालेपछि समस्याको जड खोतल्ने र समाधान गर्ने प्रयासका लागि मैले बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र र ग्रीडका माथिल्लो तहका कर्मचारीसँग बसेर छलफल गरेको छु ।” छलफलमा उनले तत्काल प्राविधिक समस्या पत्ता लगाई समाधानको उपाय खोजी गर्न निर्देशन दिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    Techie IT