काठमाण्डौं / ११ माघ ,मछिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपिएफलाई १-० गोलले पराजित गरेको हो।मछिन्द्रको जीतमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे ।
बिमल घर्ति मगरले आज दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन्। अन्तिमपटक एक वर्ष अगाडि उनले नेपालमा फुटबल खेलेका थिए।
यसअघि चर्च बोइजलाई हराउदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्ने छ।उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस