Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ आईकेओका चार जना खेलाडीले पदक हासिल गर्न सफल

    आईकेओका चार जना खेलाडीले पदक हासिल गर्न सफल


    ललितपुर/१ मंसिर: जेन क्योकुशिन नेशनल फूल कन्ट्याक कराते प्रतियोगिता २०८२ मा आईकेओ क्योकुशिनकाई कराते नेपालका चार जना खेलाडीले पदक हासिल गर्न सफल भएका छन् ।
    आईकेओ क्योकुशिनकाई कराते नेपालका प्रमुख प्रशिक्षक समीर श्रेष्ठले दिनुभएको जानकारी अनुसार नेपाल जेन क्योकुशिन कराते एशोशियशन पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको जेन क्योकुशिन नेशनल फूल कन्ट्याक कराते प्रतियोगिता २०८२मा आईकेओ क्योकुशिनकाई कराते रोहिस वि.क.ले ३० के.जी तौल समूहमा प्रथम, तिर्थमान जिम्माले ३५ के.जी. तौल समूहमा प्रथम दिप्सन रागु मगरले ४५ के.जी तौल समूहमा प्रथम र विवस गोलेले ५० के.जी तौल समूहमा दोस्रोस्थान हासिल गर्न सफल भएका छन् ।
    उक्त प्रतियोगितामा आईकेओ क्योकुशिनकाई कराते नेपालका प्रशिक्षक उत्तम स्थापितले मुख्य निर्णायकको भूमिका निर्वाह गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो।
    उक्त प्रतियोगितामा आईकेओ क्योकुशिनकाई कराते नेपालका ब्रान्चचिफ दिपक लामाको,समेत उपस्थिति रहेको थियो।
    आईकेओ क्योकुशिनकाई कराते नेपालले हरेक वर्ष नेपालमा रहेका विभिन्न करातेका खेल संघहरुसंगको सहकार्य र समन्वय हुने प्रतियोगितामा आफ्ना खेलाडीहरुलाई प्रतिस्पर्धा गराउँदै आएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी…

    काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको ठुलो आर्थिक अनियमितता, ठगी र खेल मिलेमतो प्रकरणमा जोडिएका अध्यक्ष पंकजविक्रम

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    Techie IT