आईकेओका चार जना खेलाडीले पदक हासिल गर्न सफल
ललितपुर/१ मंसिर: जेन क्योकुशिन नेशनल फूल कन्ट्याक कराते प्रतियोगिता २०८२ मा आईकेओ क्योकुशिनकाई कराते नेपालका चार जना खेलाडीले पदक हासिल गर्न सफल भएका छन् ।
आईकेओ क्योकुशिनकाई कराते नेपालका प्रमुख प्रशिक्षक समीर श्रेष्ठले दिनुभएको जानकारी अनुसार नेपाल जेन क्योकुशिन कराते एशोशियशन पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको जेन क्योकुशिन नेशनल फूल कन्ट्याक कराते प्रतियोगिता २०८२मा आईकेओ क्योकुशिनकाई कराते रोहिस वि.क.ले ३० के.जी तौल समूहमा प्रथम, तिर्थमान जिम्माले ३५ के.जी. तौल समूहमा प्रथम दिप्सन रागु मगरले ४५ के.जी तौल समूहमा प्रथम र विवस गोलेले ५० के.जी तौल समूहमा दोस्रोस्थान हासिल गर्न सफल भएका छन् ।
उक्त प्रतियोगितामा आईकेओ क्योकुशिनकाई कराते नेपालका प्रशिक्षक उत्तम स्थापितले मुख्य निर्णायकको भूमिका निर्वाह गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो।
उक्त प्रतियोगितामा आईकेओ क्योकुशिनकाई कराते नेपालका ब्रान्चचिफ दिपक लामाको,समेत उपस्थिति रहेको थियो।
आईकेओ क्योकुशिनकाई कराते नेपालले हरेक वर्ष नेपालमा रहेका विभिन्न करातेका खेल संघहरुसंगको सहकार्य र समन्वय हुने प्रतियोगितामा आफ्ना खेलाडीहरुलाई प्रतिस्पर्धा गराउँदै आएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ६ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ७ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी

तपाईको प्रतिक्रिया दिनुहोस