Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियपूर्वमन्त्री बस्नेतकाे पहलमा मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा सहमति जुट्यो

    पूर्वमन्त्री बस्नेतकाे पहलमा मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा सहमति जुट्यो


    सिन्धुपाल्चोक/ १३ भदौ, कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् सिन्धुपाल्चोक २ का सांसद माेहनबहादुर बस्नेतकाे पहलमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण गर्न सहमति जुटेकाे छ ।

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ ।

    निर्माणधिन मध्यभोटकोशी जलविद्युत आयोजनाकाे काम सुचारु गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् सिन्धुपाल्चोक २ का सांसद माेहनबहादुर बस्नेतकाे पहलमा बुधबार उर्जामन्त्री लगायत टोली आयोजना स्थल पुगेको हो ।आयाेजना प्रभावितहरुकाे जग्गाको मुअब्जा दिने र सामाजिक उत्तरदायित्व बहन गर्ने कुरामा बेवास्ता गरेपछि निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको आयोजनाको काम टावर निर्माणको क्रममा स्थानीय अवरोध पुर्‍याएका थिए ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, वडाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा उक्त सहमति जुटेको हो ।

    बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत् गृहको स्वीचयार्डबाट बाह्रबिसे–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।

    कूल दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किमी तार तान्न सकिरहेको थिएन । उक्त क्षेत्रमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा एक सय २४ जना जग्गाधनीको जग्गा पर्दछ ।

    छलफलमा आयोजनाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माणका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाको उचित क्षतिपूर्ति उपलब्ध गराउने र प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जानकारी दिनुभयाे । सम्झौतामा प्रभावित दुई वटा वडाकाे विकास निर्माणका लागि  ५०/५० लाख दिने, बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र लाई १० करोड दिने बिषयलाई पनि समेटिएको छ, त्यस्तै, प्राधिकरणका आयाेजना हेर्ने कर्मचारीले लेखाएकाे अनावश्क समाचारको बारेमा प्रेस विज्ञप्ति जारी गरेर माफी माग्ने गरी सम्झौता भएको छ।

    मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको बताउनुभयाे। उहाँले भएका सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयाे ।

    सहमतिबमोजिम तत्काल निर्माण सुरु हुने जानकारी दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले निर्माणको मन्त्रालय र सरोकार भएका निकायले नियमित अनुगमन गर्ने बताउनुभयाे । पूर्वमन्त्री एवम् सांसद माेहनबहादुर बस्नेतले विगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन छलफल गरी सहमति जुटाइएको बताउनुभयाे।

    स्थानीयको अपनत्व हुने आयोजना निर्माण अगाडि बढाइएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरु गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयाे । उहाँले आयोजनाको विद्युत् प्रवाहका लागि २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयाे ।

    मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल सुरुङको मर्मत र सुधार सकिएको छ । आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँकी कामहरु भइरहेका छन् ।

    मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयाे । उहाँका अनुसार दुई सय केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर प्रवाह गरिनेछ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ ।

    कार्यकारी निर्देशक घिसिङका अनुसार सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT