Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ३ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी

    सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी


    काठमाडौं, १० वैशाख । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीले सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरु त्रसित भएका छन् । सुकुम्बासीको समस्या समाधान गर्नुको साटो सरकारले सुकुम्बासीलाई नै हटाउने खेलमा लागेको भन्दै आम सुकम्बासी तथा अवयवस्थिति बसोबासी संघले ध्यानाकर्षण भएको जनाएको छ ।

    १२ र १३ वैशाखमा सुकुम्बासी बस्तीमा डोजर लगाएर खाली गराउने सूचनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै संघका उपाध्यक्ष अमर लिम्बु र महासचिव महम्मद सत्तारले नेपाली नागरिकलाई सरकारले उठीबास लगाउने जस्ता कुरा गर्नुप्रति आपती जनाएका छन् ।

    ‘प्रधानमन्त्री वालेन्द्र शाहज्यूले जो डोजर लगाउने कुरा गर्नु आम जनसमुदायलाई स्वीकार्य छैन् । जिम्मेवार ठाउँमा बसेर संविधान र कानूनको पालना गर्नु गराउनुको साटो आफ्ना नागरिकलाई दुःख दिने, उठीबास लगाउने, कानून विपरित कार्य गर्नु हामीलाई अस्वीकार्य छ,’ संघका उपाध्यक्ष लिम्बु र महासचिव सत्तारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    प्रधानमन्त्री शाहको सो कार्यको विरोध एवं भत्र्सना गर्दै उनीहरुले तत्काल यो सूचना फिर्ता लिनका लागि अनुरोध समेत गरेका छन् । सुकुम्बासी बस्तीमा डोजर लगाउने काम भए त्यसको प्रतिबादमा उत्रिने चेतावी समेत संघले दिएको छ ।

    ‘आयोग पनि बन्यो, केवल भत्ता मात्रै खाने काम भन्ने कुरा त आम सुकुम्बासीलाई थाहै छ । बागमती खोला किनार, धोबीखोलाको किनार, बल्खु, थापाथली, मनहरा लगायतका अन्य सै देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जुन पनि सरकार आए पनि गरिब जनता, भुई मान्छेहरुलाई मानसिक टर्चर दिइरहेको छ,’ संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

    नेपाल सरकार सहित काठमाडौं महानगरपालिका स्थानीय सरकार समेत भएकाले त्यसले आफ्ना नागरिकलाई सेवा सुविधा दिनु एवं नागरिकको मानव अधिकारको रक्षा गर्नु उसको दायित्व समेत रहेको स्मरण संघले गराएको छ । कहिले सुकुम्बासी, कहिले कवाड व्यवसायी त कहिले गरिब सडक व्यवसायीलाई दुःख दिने काम तत्काल बन्द गर्न संघले आग्रह समेत गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT