महाकुम्भमा डुबुल्की मारेर फर्किएकाहरूमा लुतो र छालासम्बन्धी समस्या
भारत/ १२ फागुन,प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्रीहरुमा छालासम्बन्धी गम्भीर समस्या देखिएको छ। राँचीका छाला रोग विशेषज्ञहरूले मेलाबाट फर्किएका व्यक्तिहरूमा चिलाउने, रातो दाग आउने, र्यास देखिने तथा ढुसी संक्रमण बढेको बताएका छन्।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र राष्ट्रिय हरित अधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गंगा र यमुना नदीको पानी अत्यधिक प्रदूषित रहेको उल्लेख गरिएको थियो। यो रिपोर्ट सार्वजनिक भएसँगै राँचीका चिकित्सकहरूकहाँ छालासम्बन्धी समस्याका बिरामीको संख्या अप्रत्याशित रूपमा बढेको छ।
राँचीस्थित लक्ष्मी क्लिनिकका छाला रोग विशेषज्ञ डा. यशवन्त लालका अनुसार, ‘हाल छालासम्बन्धी संक्रमण, विशेष गरी ढुसीजन्य समस्या भएका बिरामीहरू निकै बढेका छन्। बिरामीहरूले अत्यधिक चिलाउने, रातो दाग आउने तथा संक्रमण फैलने समस्या बताइरहेका छन्। यो मेलाको अस्वस्थकर वातावरण, लामो समयसम्म भिजेको कपडा लगाउनु र साझा शौचालय तथा नुहाउने स्थानको प्रयोगका कारण हुन सक्छ।’
राँचीको एडलुहाटु निवासी ५७ वर्षीय रञ्जीत कुमारले भने, ‘कुम्भ मेलाबाट फर्किएपछि मेरो शरीरभरि चिलाउने, रातो दाग आउने समस्या देखिएको छ। औषधि खाइरहे पनि समस्या कम हुन धेरै समय लागिरहेको छ।’
बोर्डले फेब्रुअरी ३ मा एनजीची समक्ष पेश गरेको प्रतिवेदनअनुसार, गंगा र यमुना नदीको पानीमा अत्यधिक कोलिफर्म जीवाणु भेटिएको छ। यो जीवाणु मलमूत्रजन्य फोहोरका कारण फैलिएको बताइएको छ।
प्रतिवेदनमा गंगामा कोलिफर्मको मात्रा तोकिएको मापदण्डभन्दा १,४०० गुणा र यमुनामा ६६० गुणा बढी रहेको उल्लेख गरिएको छ। जसले गर्दा यी नदीहरूमा स्नान गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि हुन्छ।
बोर्डका अनुसार बाहिरी स्नानका लागि पानीमा कोलिफर्मको मात्रा अधिकतम ५०० एकपीएन प्रति १०० मिलिलिटर हुनु पर्ने हो। तर, जनवरी १९ मा गरिएको परीक्षणमा गंगाको पानीमा ७,००,००० एकपीएन प्रति १०० मिलिलिटर र यमुनाको पानीमा ३,३०,००० एकपीएन प्रति १०० मिलिलिटर कोलिफर्म फेला परेको थियो। जनवरी १२, १३, १४, १५ र १९ मा गरिएको परीक्षणले पनि नदीको पानी अत्यधिक प्रदूषित रहेको देखाएको थियो।
स्वास्थ्य विज्ञहरूका अनुसार, कुम्भ मेलामा लाखौँ मानिसको भीड, उच्च आर्द्रता, सरसफाइको अभाव र दूषित पानीका कारण छालासम्बन्धी समस्या देखिएको हुन सक्छ। गंगाको अत्यधिक प्रदूषित पानीमा स्नान गर्नु नै संक्रमणको प्रमुख कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस